कोलाजअनलाइनमा रचना पठाउने नियमावली

1. मौलिकता
  • अप्रकाशित रचना: रचना मौलिक हुनुपर्नेछ अनि सकेसम्म आजसम्म कतै प्रकाशित नभएको हुनुपर्नेछ।
  • नकल: रचना कुनै अरू रचनाको ट्याकटुक नकल गरिएको हुनुहुँदैन। 
2. ढाँचा र लम्बाई
  • लम्बाई: रचना बेसीभन्दा बेसी २००० शब्दभित्र हुनुपर्नेछ।
  • टाइपोग्राफी: रचना माइक्रोसोफ्ट वर्डमा युनिकोडको  (सकेसम्म) mangal फन्टमा टाइप गरिएको हुनु पर्नेछ।
3. पठाउने तरिका
  • संलग्न : रचनासित सर्जकको एउटा पासपोर्टसाईज फोटो र मोबाईल नम्बर पनि दिनु पर्नेछ। सर्जकको छोटो परिचय,विशेष साहित्यिक परिचय, अग्रसारित गरे उत्तम हुनेछ।
  • पठाउने ठेगान : रचना माथि उल्लेखित ढाँचामा निम्न इमेलमा पठाउनु पर्नेछ collageonline.in@gmail.com
4. स्क्रीनिङ र सम्पादकीय प्रक्रिया
  • स्क्रीनिङ: रचनाको सम्पादन गर्ने अधिकार सम्पादकसित रहनेछ।
  • संशोधन : कोलाजअनलाइनको नीतिअनुसार रचनालाई संशोधन गर्ने अधिकार पनि सम्पादकसित रहनेछ।

5. अस्वीकार्य विषयहरू 

​निम्न विषयहरूमा आधारित रचनाहरूलाई स्वीकार गरिने छैन:

  • ​व्यक्तिगत आक्षेप वा गालीगलौज
  • ​धार्मिक असहिष्णुता र साम्प्रदायिक सद्भाव बिगार्ने कुराहरू
  • ​राजनीतिक प्रचारबाजी
  • ​राष्ट्र-विरोधी वा प्रचलित कानुन-विरोधी 
  • अश्लील सामग्रीहरू
6. सामयिकता
  • अहिलेलाई कोलाजअनलाइनको प्रकाशन समय समसामयिक हुनेछ।
  • तरै पनि कोलाजअनलाइनलाई मासिक अपलोड गर्ने प्रयास गरिनेछ।
  • पहिलो अङ्क 13 जुलाई 2026-को दिन अपलोड हुने छ र अर्को अङ्क 15 अगस्ट 2026-को दिन अपडेट हुने छ। त्यसपछि  प्रत्येक महिनाको  15 तारिक अपडेट हुनेछ।
  • कसैलाई अपलोड र अपडेटको सूचना चाहियो भने हामीलाई collageonline.in@gmail.com-मा आफ्नो मोबाइल नम्बर र नाम पठाए हामी व्हाट्सेपमार्फत सूचना दिइनेछ। 
  • सम्भवत: तेस्रो ई-अङ्कदेखि अर्थात सितम्बर देखि महिनाको 1 तारिख नियमित अपडेट गरिनेछ।