कोलाजअनलाइनमा रचना पठाउने नियमावली
1. मौलिकता
- मौलिक रचना: रचना मौलिक हुनुपर्नेछ अनि सकेसम्म आजसम्म कतै प्रकाशित नभएको हुनुपर्नेछ।
- नकल: रचना कुनै अरू रचनाको ट्याकटुक नकल गरिएको हुनुहुँदैन।
2. ढाँचा र लम्बाई
- लम्बाई: रचना बेसीभन्दा बेसी 1000 शब्दभित्र हुनुपर्नेछ।
- टाइपोग्राफी: रचना माइक्रोसोफ्ट वर्डमा युनिकोडको (सकेसम्म) mangal फन्टमा टाइप गरिएको हुनु पर्नेछ।
- भाषा: रचना बुझ्न सकिने सजिलो र शुद्ध भाषामा हुनुपर्नेछ। सकेसम्म क्लिष्ट र झर्रो शब्दको प्रयोग नगर्ने वा कम गर्ने अनुरोध गरिन्छ।
3. पठाउने तरिका
- संलग्न : रचनासित सर्जकको एउटा पासपोर्टसाईज फोटो र मोबाईल नम्बर पनि दिनु पर्नेछ। सर्जकको छोटो परिचय, विशेष साहित्यिक परिचय, पठाए उत्तम हुनेछ।
- पठाउने ठेगान : रचना माथि उल्लेखित ढाँचामा तलको ईमेलमा पठाउनु पर्नेछ collageonline.in@gmail.com
4. स्क्रीनिङ र सम्पादकीय प्रक्रिया
- स्क्रीनिङ: रचनाको सम्पादन गर्ने अधिकार सम्पादकसित रहनेछ।
- संशोधन : कोलाजअनलाइनको नीतिअनुसार रचनालाई संशोधन गर्ने अधिकार पनि सम्पादकसित रहनेछ।
5. अस्वीकार्य विषयहरू
निम्न विषयहरूमा आधारित रचनाहरूलाई स्वीकार गरिने छैन:
- व्यक्तिगत आक्षेप वा गालीगलौज
- धार्मिक असहिष्णुता र साम्प्रदायिक सद्भाव बिगार्ने कुराहरू
- राजनीतिक प्रचारबाजी
- राष्ट्र-विरोधी वा प्रचलित कानुन-विरोधी
- अश्लील सामग्रीहरू
- कोलाजअनलाइनको नयाँ अङ्क प्रत्येक महीनाको 15 तारिक प्रकाशित/अपलोड/अपडेट गरिनेछ।
- कसैलाई अपलोड र अपडेटको सूचना चाहियो भने हामीलाई collageonline.in@gmail.com-मा आफ्नो मोबाइल नम्बर र नाम पठाए व्हाट्सेप वा ईमेलमार्फत सूचना दिइनेछ।
कोलाजअनलाइन
देशको नेपालीभाषाको पहिलो
मासिक साहित्यिक वेबजीन
आन्तरिक लिङ्क
हाम्रो टिम
सम्पादक: योगवीर शाक्य
सह-सम्पादक: डा° इन्द्रबहादुर छेत्री
व्यवस्थापक: मिङ लिवाङ
साइबर प्राविधिक: अनमोल तामाङ
हाम्रो ठेगान
१० माइल, कालेबुङ,भारत
रचना पठाउने ई-मेल
collageonline.in@gmail.com
सर्वाधिकार : कोलाजअनलाइन
@collageonline.in . All right reserved