प्रतिक्रिया

 ई-मेल/व्हाट्सएप/मेसेञ्जरआदिबाट प्राप्त प्रतिक्रिया 


Wonderful efforts in India- A new dimension in Nepali literature. Congratulations to the 'Collage Online team:

Suman Shakya,

Kathmandu, 

Nepal) 

courtesy:Facebook


केवल आफ्नो डम्फू मात्र बजाउने भीड़बाट अलग बनेर शुद्ध साहित्यलाई लिएर आएको तपाईंहरूको यो कदम सराहनीय छ। भारतबाट धेरै कम यस्ता सामाजिक सञ्जाल होलान्, जसले साहित्य, भाषा, जाति र संस्कृतिलाई माया गरेर अनलाइन साहित्यिक पत्रिका निकाल्छन्। यसका लागि पनि निकै ठूलो मेहनत र इमानदारिताको खाँचो पर्छ। सबैमा यो कुरा पाइँदैन। तपाईंहरूले यो प्लेटफर्म निर्माण गरिदिनुभएकोमा सबैलाई हार्दिक शुभकामना अनि अजस्र बधाई।
अर्जुन पीयूष,
13 माइल, 
अप्पर इच्छे, 
कालेबुङ, पश्चिम बङ्गाल)
ईमेलबाट साभार

नेपाली साहित्य विधाका विभिन्न विधालाई समेटेर बनिएको "कोलाज अनलाइन" मासिक साहित्यिक पत्रिकालाई हार्दिक स्वागत अनि प्रशंसा जनाउँदछु । कुनै पनि भाषा साहित्यको जगेरा तथा संरक्षण गर्नको निम्ति यहाँ लगायत सम्पूर्ण "कोलाज अनलाइन" परिवारले गरेको भूमिका प्रेरणादायी छन् ।
पश्चिमेली भाषा साहित्यको अतिक्रमित समाज अनि परिवेशमा भाषिक रूपमा आफ्नो अस्मितालाई अटल र समृद्ध बनाउनमा समयानुकूल पत्र-पत्रिकाको खडेरी परेको समय वर्तमानको "जेन जी" पुस्ताका मनोविज्ञान तथा मनोभाव समेतलाई समेटेर तयार भएको "कोलाज अनलाइन" नेपाली भाषा साहित्यको निम्ति एउटा फाँटिलो प्रवेशद्वार हो भन्नुमा अत्युक्ति हुनेछैन ।
अति परिमार्जित सोचमा साहित्यका हरेक क्षेत्रका प्रबुद्ध व्यक्तित्व तथा अध्याताहरूको उपस्थिति नै यस पत्रिकाको मुख्य आकर्षण बन्न गएको भान हुँदछ। मूर्त रूपमा प्रकाशित पत्र-पत्रिकामा क्रय-बिक्रयमा समय, गति र मूल्यको ठूलो महत्त्व रहँदछ भने "कोलाज अनलाइन" पत्रिकाले यी तिनै पक्षलाई मूल्यबोध गर्न पछि परेको छैन ।
कुनै पनि समाज, समुदाय र देशको सभ्यतालाई बुझ्नको निम्ति सबैभन्दा पहिले त्यहाँको भाषिक अनि साहित्यिक सभ्यताको अध्ययन बुझ्न जरूरी हुँदछ किनकि भाषाले कुनै पनि जाति वा समुदायको बोली बुझाउँछ भने साहित्यले त्यहाँको सभ्यतालाई इङ्गीत गर्दछ ।
अन्तर्राष्ट्रीय स्तरमा नेपाली साहित्य संरक्षण र सम्बर्द्धनमा नै छुट्टै हलचल ल्याउन सक्षम बनेकोमा मेरो आन्तरिक पक्षबाट प्रशंसा गर्दै उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना चढ़ाइरहेको छु।
डा० सामुएल राई
निर्देशक,
सिन्कोना अनि अन्य औषधीय पौधाहरू
पश्चिम बङ्गाल
ईमेलबाट साभार

कोलाजअनलाइन
देशको नेपालीभाषाको पहिलो
मासिक साहित्यिक वेबजीन


आन्तरिक लिङ्क

हाम्रो टिम
सम्पादक: योगवीर शाक्य
सह-सम्पादक: डा° इन्द्रबहादुर छेत्री
व्यवस्थापक: मिङ लिवाङ
साइबर प्राविधिक: अनमोल तामाङ

हाम्रो ठेगान
१० माइल, कालेबुङ,भारत 

रचना पठाउने ई-मेल
collageonline.in@gmail.com
सर्वाधिकार : कोलाजअनलाइन
@2026 collageonline.in .All right reserved