(घूम निवासी जीवन बान्तवा सेन्ट्रल ब्याङ्क अफ् इण्डियाका सेवानिवृत अधिकृत हुनुहुन्छ। बान्तवा भारतेली काव्य सर्जक फाँटमा तरलवादका प्रवर्तक हुनुहुन्छ। वरिष्ठ कवि बान्तवाको कवितामा दह्रिलो पकड़ छ। बान्तवाका 4-वटा प्रकाशित कृति छन् :-जीवन बान्तवाका कविता, कविता रातका प्रहरहरूमा, शितोष्ण अनुभूति (अनुवाद), गुप्त प्रधान मोनोग्राफ)
जीवन बान्तवा
मेरो:बिम्ब मेरो गाउँको
बिम्ब खोज्दैछु/मेरो गाउँको
यस गाउँमा
क्षणहरू रोकिएर
स्तब्ध छन्
रोकिएको छ/त्यो दिनमा
मभित्रको एउटा बालक
जन्ती आएको गाड़ी
सुम्सुमाएर/आफ्नो बनाएको छ
सम्झनामा पनि अति खुशी पाएको छ।
बिहेको भतेर पर्खेर
धूलैसरि/बिहेघरको गेटनेर
उभिएको छु।
सम्झन्छु/उसलाई
अचेल पाउँदिन/कतै पनि
यादहरु कसरी धूमिल बनेको होला।
गाउँको बिम्बमा/म
मेरो बिम्बमा/गाउँ
अचेल हराएको छु।
13 जुलाई 2026,वर्ष:1,ई-अङ्क:1

No comments:
Post a Comment