कप्तान रामसिंह ठकुरी एक प्रख्यात भारतीय गोर्खा स्वतन्त्रता सेना, सङ्गीतकार तथा आजाद हिन्द फौज (आईएनए) का कर्मठ सदस्य थिए। उनले अमर देशभक्ति गीत 'कदम कदम बढये जा' रचे तथा भारतको राष्ट्रगान 'जन गण मन'-को प्रचलित धुन बनाएका थिए।
कप्तान
रामसिंह ठकुरीको जन्म 15 अगष्ट 1914 मा
हिमाचल प्रदेशको धर्मशाला नजिकैको खनिया गाउँमा भएको थियो। पिता हवल्दार दिलीप
सिंह थिए। बाल्यकाल देखि नै सङ्गीतमा रुचिले रामसिंह सन् 1927-मा ब्रिटिस भारतीय सेनाको दोस्रो गोर्खा राइफल्सको ब्याण्डमा भर्ना
भए । सेनामै उनले बाजा र सङ्गीतको उत्कृष्ट तालिम लिएका थिए। विश्वयुद्धका
समय नेताजी सुभाषचन्द्र बोसद्वारा गठित
आजाद हिन्द फौजमा सामेल भए। नेताजीको
प्रेरणाले 'शुभ
सुख चैनकी बर्खा बरसे'(जो पछि राष्ट्रगानको धुन बन्यो) र 'कदम कदम बढ़ाए जा', जस्ता प्रसिद्ध
राष्ट्र तथा मार्चिङ गीतको सङ्गीत रचना गरे। सन् 1947
अगस्ट 15-,मा भारतको पहिलो स्वतन्त्रता दिवसका दिन
लालकिल्लामा उनको साङ्गीतिक राष्ट्रिय धुन बजाएका थिए ।
स्वतन्त्रतापछि उत्तर प्रदेशको पीएसीमा
ब्याण्डमास्टरको रूपमा सेवा गरे र विभिन्न प्रतिष्ठित पदकहरू प्राप्त गरे। उनले
प्राप्त गरेका पदक र सम्मान यसप्रकार छन् -
सन्
1937-मा जर्ज VI पदक,
सन्
1943-मा नेताजी स्वर्ण पदक (आजाद हिन्द फौज),
सन्
1956-मा उत्तर प्रदेशका प्रथम राज्यपाल
स्वर्ण पदक,
सन्
1972-मा राष्ट्रपति पुलिस पदक,
सन् 1975-मा सङ्गीत नाटक अकादमी पुरस्कार, उत्तर प्रदेश,
सन् 1993-मा सिक्किम सरकारबाट मित्रसेन पुरस्कार,
सन् 1996-मा पश्चिम बङ्गाल सरकारबाट प्रथम आजाद हिन्द फौज पुरस्कार।
सङ्गीतलाई देशप्रेमको हतियार मान्ने महान व्यक्ति
कप्तान रामसिंह ठकुरी को 15 अप्रिल 2002-मा देहावसान भयो। हालै उनीप्रति सम्मानस्वरुप
कालेबुङमा पनि उनको पूर्णाङ्ग सालिग राखिएको छ।
