हामी वर्षेनी 25 अगस्टलाई बलिदान दिवसको रूपमा मनाउने गर्छौँ। कसको नाममा यो दिवस मनाइन्छ भन्ने सूचनाप्रति कति मानिसहरू अनभिज्ञ छन्। मेजर दुर्गा मल्लले गरेका बलिदानको निम्ति स्मरणस्वरूप यो दिन मनाइने गरिन्छ।
दुर्गा मल्ल भारतीय
राष्ट्रिय सेना (INA)
का भारतीय गोर्खाहरूमध्ये पहिलो गोर्खा सिपाही थिए जसले
भारतको स्वतन्त्रताको लागि आफ्नो जीवन समर्पित गरेका थिए।
दुर्गा मल्लको जन्म जुलाई 1813-मा देहरादून नजिकैको दोइवालामा गोर्खा इण्डियनको ठकुरी/छेत्रीको घरमा भएको थियो। उनी नायब सुबेदार गङ्गा मल्लका जेठा छोरा थिए। 1830 मा महात्मा गाँधीले आह्वान गरेको स्वतन्त्रताको लागि डण्डी मार्चमा आफ्ना देशवासीहरूको नेतृत्व गर्दा मल्ल नौ कक्षाका विद्यार्थी थिए। उनले अङ्ग्रेज विरुद्धको सार्वजनिक अभिव्यक्तिका लागि ध्यान आकर्षित गरे। 1831 मा, 18 वर्षको उमेरमा, उनी धर्मशाला गएर 2/1 गोर्खा राइफलमा सामेल भए। उनको देशभक्तिले उनलाई नेताजी सुभाषचन्द्र बोसको आजाद हिन्द फौजको नजिक ल्यायो।
1842 मा, मल्ल
आजाद हिन्द फौजमा संलग्न भए। उनको सीप र कर्तव्यप्रतिको समर्पणले उनलाई मेजरको पद प्रदान
गऱ्यो र उनलाई आजाद हिन्द फौजमा काम गर्न बोलाइयो। शत्रुको बारेमा जानकारी सङ्कलन
गर्ने क्रममा,
उनी मार्च 27, 1944 मा
कोहिमा नजिकै पक्राउ परे। नयाँ दिल्लीको लाल किल्लामा रहेको मुद्दाको अदालतले
उनलाई मृत्युदण्डको सजाय सुनाएको थियो। यद्यपि, मृत्युदण्डको सजाय
सुनाउनु अघि,
अधिकारीहरूले उनलाई आफ्नो विद्रोह स्वीकार गर्न बाध्य
पार्ने प्रयास गरे। उनकी श्रीमतीलाई जेलको कोठरीमा ल्याइयो, तर
मल्ल दबावको अगाडि झुकेनन्। आफ्नी श्रीमतीलाई भनेका अन्तिम शब्दहरू थिए - 'मैले
चढ़ाएको बलिदान व्यर्थ जाने छैन। भारत स्वतन्त्र हुनेछ। म विश्वस्त छु। यो केवल
समयको कुरा हो,
शारदा ! चिन्ता नगर, करोड़ौ
हिन्दुस्तानीहरू तिम्रो साथमा छन्।'
25 अगस्ट 1944-को दिन 31 वर्षीय मेजर
दुर्गा मल्ललाई फाँसीको तख्तामा चढ़ाई झुण्डाइयो र देशको लागि आफ्नो ज्यान उत्सर्ग गर्ने उनी प्रथम गोर्खा भए।
दुर्गा मल्लको
सम्मानमा,
भारतीय गोर्खाहरूको राष्ट्रिय संस्था, भारतीय
गोर्खा परिसंघले दान गरेको मूर्ति 2004 मा
प्रधानमन्त्री मनमोहन सिंहले संसद भवन परिसरमा अनावरण गरेका थिए। त्यस्तै खालको
मूर्ति कालेबुङस्थित त्रिकोण पार्कमा पनि राखिएको छ।
हाम्रो देशको लागि
केही गर्न यी महान स्वतन्त्रता सेनानीबाट प्रेरणा लिऔं।
