15 Sept 2026

सम्पादकको डेस्कबाट


योगवीर शाक्य
सम्पादक


भन्दा नभन्दै वेबजिन कोलाजनलाइनले तीन महीना टेकिसक्यो। भिन्न भिन्न स्थानका पाठकहरूको प्रेम पाइरहेछ। सकारात्मक प्रतिक्रिया पनि पाइयो
यस अङ्कमा समावेश गरिएका रचनाहरूले यस वेबजिन कोलाज अनलाइनका पाठकीय आयाम फराकिलो देखिएको भान भइरहेछ। रचनाभित्र विषयवस्तुको विविधता पाएको आभास भइरहेछ।यसलाई हामी हाम्रो सफलताको सङ्केत हो भनेर नाक फुलाउन चाहँदैनौं बरू नेपाली भाषा र साहित्यप्रति रुचि राख्ने हाम्रा दाजुभाइ दिदीबहिनीको कमी छैन रहेछ भन्ने जानकारी दिन चाहन्छौं। नेपाली भाषाको भविष्य अँध्यारो छैन भन्नका लागि अन्योलमा रहन नपर्ने रहेछ भन्ने भान चाहिँ अवश्य भएको छ। आशा साथै विश्वास छ पाठकहरूको तथा सर्जकहरूको माया र साथबाट यो वेबजिन कोलाज अनलाइन बिलग हुनेछैन।

कोलाजअनलाइन
देशको पहिलो नेपालीभाषाको 
मासिक साहित्यिक वेबजीन


आन्तरिक लिङ्क

हाम्रो टिम
सम्पादक: योगवीर शाक्य
सह-सम्पादक: डा° इन्द्रबहादुर छेत्री
व्यवस्थापक: मिङ लिवाङ
साइबर प्राविधिक:अनमोल तामाङ

हाम्रो ठेगान
१० माइल, कालेबुङ,भारत

रचना पठाउने ई-मेल
collageonline.in@gmail.com
सर्वाधिकार :@2026 कोलाजअनलाइन 
@2026 collageonline.in.All right reserved

3 comments:

  1. डीके छेत्री15 September 2026 at 14:41

    स्तरीय रचनसहरू समावेश रहेछन् ।

    ReplyDelete
  2. नमस्कार राम्रो लाग्यो ।रचना पठाउनेछु

    ReplyDelete