15 Sept 2026

अनुवाद



(निलाम्बर छेत्री हिमाचल प्रदेशको मण्डीस्थित इण्डियन इन्स्टिच्युट अफ टेक्नोलजीको स्कूल अफ् ह्युमिनिटिस् एण्ड सोसियल साइन्सका सह-प्राध्यापक हुनुहुन्छ।उहाँ 2024 मा इण्डियन सोसियोलोजिकल सोसाइटीबाट एम.एन. श्रीनिवास पुरस्कार प्रापक हुनुहुन्छ।उहाँका प्रकाशित कृति - 'दि  पोलिटिक्स अफ् ईथ्निक रिन्यूवल इन् दार्जीलिङ:गोर्खास् एण्ड दि स्ट्रगल फोर दि ट्राइबल रिकोग्निशन'।)

निलाम्बर छेत्री

          यदि म एक अवतार हुँदो हुँ  त


यदि म एक अवतार हुँदो हुँ त

मलाई भूत, वर्तमान र भविष्यको ज्ञान हुने थियो,

तापनि मैले कहिल्यै जान्न सक्ने थिइनँ—म सबैभन्दा अघि आएँ कि पछि।

मलाई थाहा हुने थिएन,

न त ती ठाउँहरू नै, जसलाई मेरो आत्माले वास्तवमा आफ्नो घर भन्छ,

मेरो आफ्नै अस्तित्व एउटा रहस्य नै रहने थियो, कहिल्यै पूर्ण रूपमा प्रकट नहुने।

किनकि हरेक पल, मेरो 'स्व' को अनुभूति टिमटिमाउने र बदलिरहने थियो,

आफ्नो नभएका जीवनहरूमा बास गर्दै, तापनि कुनै न कुनै रूपमा सधैँ म आफैँ भएर।

मलाई अनन्तताको ज्ञान हुने थियो,

त्यो बहाव, ती शाश्वत र अलौकिक जीवन-रूपहरू,

इतिहासको नृत्य, जसले आफ्ना प्राचीन पाइलाहरू निरन्तर दोहोऱ्याइरहन्छ।

मलाई ती घटनाहरूको ज्ञान हुने थियो जो आनन्ददायी र भयानक छन्,

तापनि, घरिघरि, मेरो भित्र केही नयाँ जागृत हुने थियो,

जसरी अरूले सम्झिने थिएनन्, तरै पनि म भूत, वर्तमान र भविष्य सम्झिरहने थिएँ।

म प्रायः सोच्छु, हरेक मानिस एक अवतार हो,

उनीहरू केवल यसलाई सम्झिँदैनन् वा सम्झिन चाहँदैनन्,

म प्रायः सोच्छु यदि म एक अवतार हुँदो हुँ त,

के मैले टाढ़ा-टाढ़ासम्म जानेको हुने थिएँ?

मैले सम्बन्धका धागोहरू आभास गर्ने थिएँ, तापनि मेरो आफ्नै अस्तित्व, समय र अन्तरिक्षबाट अलग रहने थिएँ।

यदि मैले तिमीलाई चिनेको भए पनि,

हरेक भेटले एउटा नयाँ प्रकारको ज्ञान ल्याउने थियो,

यदि सब केही फरक भएको भए,

तिमी पनि फरक हुने थियौ,

यदि तिमी फरक भएको भए, म पनि फरक हुने थिएँ।

तिमीबिना आफूलाई खोज्नु असह्य रूपमा भारी महसुस हुने थियो,

म धन्यवाद दिन्छु कि म एक अवतार होइन,

यदि म हुँ नै भने पनि, म यहाँ र अहिले तिमीसँगै छु,

यसले म को हुँ भन्ने आकार दिन्छ, अघि के थियो भन्ने सम्झनाहरू नभए पनि,

तर यहाँ र अहिले एउटा उद्देश्य र अर्थ छ।

यदि म एक अवतार हुँदो हुँ त,

मैले एउटा गम्भीर वाचाका साथ अन्त्य गर्ने थिएँ,

कि म पुनः पुनर्जन्म लिने छैन।

(पुनश्च: मूल अङ्ग्रेजीबाट कोलाजअनलाइन टिमद्वारा नेपालीमा अनुदित)



15 सितम्बर 2026 ,वर्ष:1, वेबाङ्क:3






No comments: