पुस्तक

 



(निबन्ध लेखनबाट साहित्यमा प्रवेश गर्नुभएको डा. इन्द्रबहादुर छेत्री कथाकार, निबन्धकार, समालोचक र सम्पादकको रुपमा परिचित हुनुहुन्छ। उहाँका आठवटा पुस्तकाकार कृति प्रकाशित भइसकेका छन्।)

डा0 इन्द्रबहादुर छेत्री

उँभौलीको छोटो शल्य

पुस्तक: उँभौली                      

कृतिकारःशमशेर अली

कृतिःउँभौली (कथासङ्ग्रह)          

प्रकाशन कालःमई 2026      

प्रकाशक:छेवाङ योञ्जन              

निरूपकः डा इन्द्रबहादुर छेत्री

लाली गुराँस प्रकाशन,अप्पर तकलिङ दार्जीलिङ

मूल्यः300

पृष्ठ संख्या 288


कथाकार शमशेर अलीद्वारा विरचित, प्रस्तुत कथा सङ्ग्रहमा चालीसवटा विभिन्न शीर्षकका लघु कथाहरू समावेश भएका छन्। यस पुस्तकको आकर्षक आवरण इन्टरनेटबाट लिइएको छ। सन् 2010-देखि आजसम्म शमशेर अलीका दसवटा कथाकृति प्रकाशित भएका छन्।

प्रस्तुत उँभौली कथा सङ्ग्रहका सामाजिक कथाहरूमा, हनिमुन डाँड़ा,सम्झनाको तरेलीमा एउटा विवाह,र्‍‍‍यागिङ,इन्डस्ट्रियल झोला र हाङमा बोजु,ससुरा बा र जोगी,भगौड़ेको तीन पुस्ता,मामा जस्ता कथाहरू सामाजिक हास्य-व्यग्यात्मक रहेका छन् ।

यस सङग्रहमा समावेश कथाहरूमाहराएको फौजीबी.बी.,आमा बोजु जस्ता कथाहरू पारिवारिक विषय-वस्तुका छन्।भने सांस्कृतिक विषय-वस्तुका कथाहरूमा, चुले निम्तो, अन्तरे सरदार र बड़ा दशैं जस्ता कथाहरू रहेका छन्।

यस सङ्ग्रहमा समावेश संस्मरणात्मक कथाहरूमा,जेठी आमाको रेडियो,कोलकत्ता क्याफे र मेरो वक्तव्य,सुनौलो इतिहास मगरजुङ फुटबल टिमको,जस्ता कथाहरूमा कथाकार अलीले जीवनमा घटेका सानातिना संस्मरणात्मक घटनाहरूलाई सहजरूपमा कथामा सजाएका छन्।

No comments:

Post a Comment