‘भोट नोट र रोड़’ भन्ने लेखमा कसरी अहिलेको प्रजातन्त्र कसरी पैसामुखी बन्ने गएको र जनआस्थालाई कसरी नोटसित साट्ने चलन बढेकामा चिन्ता व्यक्त गरिएको छ। मान्छे यतिसम्म गिरेको छ कि बिरामीलाई उपचार गर्ने पैसाको अभावले चन्दा उठाएर त्यो पनि बिरामीले नपाई अरूले नै खाइदिने चरम विकृतिको चर्चा गरेका छन्।
‘कालेबुङको १५ अगस्ट’ भन्ने लेखमा भारतभरि अति सामान्य रूपमा मनाइने भारतको स्वतन्त्रता दिवस कालिम्पोङमा भने बड़ो धुमधामका साथ चाड़-पर्वका रूपमा दुई-तीन दिनव्यापी मनाउने गरेको, त्यसका नाममा विकृति पनि बढ़ेर गएको, त्यति ठुलो मनाउने आवश्यकता नरहेको तर परम्परागत रूपमा आफैंआफ अति भव्य रूपमा रामरौससित मनाउने गरेको कुरा प्रकट गरिएको छ।
‘मेरी श्रीमती, म र स्त्रीवाद’ भन्ने लेखमा पनि लेखकले आफ्नो मौलिक विचार अघि सारेका छन्। अहिले नारीवादको बढ्दो प्रकोपमा परेर पुरूषहरू नै पीड़ित बन्नपुगेका छन्। नारी अधिकारका नाममा पुरूषको अधिकार पनि खुस्किँदो अवस्थामा पुगेको वास्तविकता देखाएका छन्। समाजमा स्त्री पुरूष एकै सिक्काका दुई पाटा हुन्, एकार्काका पूरक हुन्, यी दुई छुट्टिन सक्दैनन् भन्ने तथ्य प्रकट गरेका छन्। अहिले नारी अधिकारको दुरूपयोग भइरहेको छ।
‘कान्छी ल्याउने
धोको : उखानको पोको’- भन्ने लेखमा हाम्रा कतिपय उखानले नै पुरूषको
हैकमलाई प्रकट गरेका हुन्छन्। नेपाली उखानमा नै कान्छी ल्याउने खालका हुन्छ। कुनै
समयमा कुनै परिस्थितिमा उक्त खालको उखान उपयुक्त थियो तर अहिलेको समयमा जेठीमाथि
कान्छी ल्याउऩु असम्भवप्रायः हो।
नेतालाई जनताको भाषण लेखमा अरूबेला नेताले जनताअघि भाषण दिए पनि नेतालाई
जनताको भाषण प्रस्तुत गरिको छ। यसमा अति मामुली, धूर्त र अनैतिक व्यक्ति नेता
जस्तो हुनु तर ढाँट छलको राजनिती गरी जनतालाई झुक्याउनु, लण्ड्याउनु अनि
भ्रष्टाचार गर्नु मात्र काम गर्छन्। राजनितीका नाममा विकृति फैलिएको, सड़कको ठेक्का
पट्टाको काम अब नेताको गोजीको जस्तो हुनु आदि कुरालाई प्रकट गरेका छन्। लेखकले
बाङ्गो विचार गरेता पनि वास्तवमा सही कुरा राखेका छन्। चुनावका बेला यस्तो उस्तो
गरिदिनेछु भनेर मानिसको भोट बटुल्ने त जितेपछि पाँच वर्ष खासै केही नगर्ने तर
भ्रष्टाचार गर्ने हुन्छन् तर पनि मानिसले
पत्याएर फेरि भोट दिएर पत्याउँछन्। यहाँ जनताको नाममा एकजना सचेत मतदाताको
विचारलाई नेतालाई सुनाइएको छ। समाज यतिसारो स्वार्थी हुनथाल्यो कि पाँचसय रूपियाँ,
मासु र रक्सीसित आफ्नो बहुमूल्य भोट साट्ने गर्छन्।
शुभकामना बोक्ने यी कार्डहरू-मा पनि पहिले प्रेम व्यक्त गर्ने शुभकामना पत्र,
स्वीकार र अस्वीकार आदि सङ्केत रूपमा हुने गरेको, कुनै मन परेकी युवतीले प्रेमको
सङ्केत गर्ने कार्डलाई स्वीकारोक्ति दिए युवकका निम्ति ठुलो जीत हासिल भएको जस्तो
हुने समय थियो। तर अब प्रेमका नाममा विकृति फैलिएको छ। त्यसैगरी प्रत्येक वर्ष
नयाँ वर्ष र जन्मदिनको उपलक्ष्यमा शुभकामना दिने गरिन्छ तर केही दिनमा ती कार्डहरू
अलपत्र परिरहेका हुन्छन्। प्रेम प्रस्तावको सङ्केत गर्ने खालका कार्डहरूको ठुलो
महत्त्व थियो। गोजीमा पैसा हुँदैन थियो तर पनि प्रेम प्रस्तावका माध्य सिमीत थिए। अहिले
धेरै खालका दिवसका नाममा कार्ड निस्कन्छन्। वर्षभरि नै व्यर्थैका डेहरूको सिर्जना
गरेर कम्पनीहरूले तीती दिवसका निम्ति भनेर कार्ड प्रकाशित गरेर बिक्री गर्छन् अनि
ग्राहकहरू किनेर त्यस्ता कार्ड सम्बन्धित व्यक्तिहरूलाई पठाउने गर्छन्। वास्तवमा
त्यो कार्ड भनेको अनावश्यक हुन्छन्।
म मरेछु- भन्ने लेखमा पनि समाजको बेथिति, समाजका आमा
मानिसको महत्व घट्दै गएको तर नेताहरूको भने ब्यर्थैमा तथाकथित ठुला व्यक्ति,
समाजसेवकको पगी गुथेको तथ्य प्रकट भएको पाइन्छ। मान्छे मर्दा शोकको परिवेश हराएर
पाखण्ड बनेकामा लेखक क्षुब्ध छन्। मान्छे मरेपछि महङ्गो मृत्यु संस्कार, दान-
दक्षिणाको भार, मृत्युभोज, काज किरियाका नाममा अनावश्यक खर्च, लोकाचार, पाखण्डपन
आदि गरिन्छ। जिउँदो छँदा मान्छेलाई खेदो गर्ने, कुरा काट्ने, दुस्मनी गर्ने तर
मरेपछि भने फोस्रो सहानुभूति देखाउने, शोक मनाउने जस्ता पाखण्डको राम्रोसँग
उतारेका छन्। खासमा जिउँदो मान्छेको नै महत्त्व हुनुपर्छ भन्ने सन्देश दिएका
छन्।
बाबु काजी भविष्य हेर- भन्ने लेखमा युवा पुस्तामा प्रचलित दुर्व्यसनको
कुलत, अनुशासनहीनता, अध्ययनको कमी, भेषभूषाबारे अज्ञानता, विषयज्ञानको आवश्यकता
पर्दछ। अहिलेको समयका बारेमा विचार विमर्श गरिएको छ। अचेलका विद्यार्थी र अन्य
युवाले भविष्यको उद्देश्य र चिन्ता लिनभन्दा अन्य नचाहिँदो कुरामा अल्झेको,
नचाहिँदो किसिमको कपड़ा लाएको, नराम्रो कुरा खाएको आदि कुरामा चिन्तन गरिएको छ।
कुर्सीको फुइँफाइँ भन्ने लेखमा पनि कुर्सी अर्थात् कुनै ठुलो पद वा अझ
नेताको निम्ति कुनै पदमा बसेका मानिसमा मनोवैज्ञानिक रूपमा नै फुइँ बढ़ेको हुन्छ
भन्ने विचार व्यक्त गरेका छन्। कुर्सी पनि मानवीय चरित्र अनुरूप नै रहेको हुन्छ।
कुर्सीरूपी कुनै पदमा एउटा सज्जन मान्छे
बसे उत्तम हुन्छ तर त्यो पदमा प्रायः जहिले पनि अय़ोग्य स्वार्थी, धूर्त व्यक्ति
बसिदिँदा देश र समाज बिग्रिन सक्छ। मान्छेको परिचय नै कुर्सी पाएपछि हुन्छ तर यो
कुर्सी भन्ने पनि क्षणिक हुन्छ, तर कुर्सीबाट झरेपछि भने मान्छेको कुनै महत्त्व
हुँदैन।
साइनोमारा अङ्कल आन्टी भन्ने लेखमा पनि
अहिलेको हाम्रो समाजमा पनि कति पवित्र साइनोहरू हराएर अङ्कल र आन्टीले ढाकिसकेको र
आपसी साइनोसम्बन्ध पनि टाड़िन गएको तथ्य देखाइएको छ। काका-काकी. बड़ा-बढ़ी,
मामा-माइजू, फुपू-फुपाजु आदि सबै पवित्र साइनोहरूलाई अङ्कल र आण्टीले काम चलाउने हुँदा
साइनोहरू हराउँदै गएकामा लेखकले चिन्ता व्यक्त गरेका छन्।
भोट नोट अनि रोड लेखमा हाम्रो जस्तो प्रजातान्त्रिक देशमा चुनाव
हुन्छ, विकासका नाममा नेताहरूले भोट माग्छन् तर सरकार गठन भएपछि भ्रष्टाचार
व्याप्त हुन्छ। भ्रष्टाचार यतिसम्म पुगिसकेको छ कि बिरामीको नाममा चन्दा उठाएर
अरूले रकम लगिदिने गरेकोसमेत देखिन्छ भन्ने तथ्यलाई प्रकट गरेका छन्।
बाङ्गा कुरा-मा पाइने मुख्य कुरा हो चिन्तनशीलता। यसमा सामाजिक
चिन्तन, राजनैतिक चिन्तन, आर्थिक चिन्तन, धार्मिक चिन्तन आदि प्रस्तुत गरिएको छ।
लेखकले समाजमा बसेर देखेका र अनुभूति गरेका कुरा राखेका छन्। मानिस यतिसम्म गिरेको छ कि नैतिकतालाई पर
फालिदिएको छ। मानिसका हरेक कुरा र गतिविधि अब पाखण्ड, स्वार्थी, धूर्त बनेकामा
लेखक खिन्न छन्।
यसरी हेर्दा निबन्धकारले
समाजमा प्रचलित केही कुरालाई टिपेर आफ्नो विचार र अभिप्राय अघि सरेका छन्।
पुस्तकको नामै 'बाङ्गा कुरा' राखिएको छ जसले समाजका विकृतिमाथि ठुङ हानेका छन्। यसमा
प्रकट भएका विचार लेखकका नितान्त व्यक्तिगत भए तापनि यहाँ प्रकट भएका कतिपय विचार
सामूहिक चिन्तन पनि रहेका छन्। लेखकले आफुले जीवनमा प्राप्त गरेका अनुभव ज्ञान,
अनुभूतिलाई यहाँ प्रस्तुत गरेका छन्। जीवन भोगाइबाट प्राप्ति ज्ञानलाई पाठकलाई
प्रस्तुत गर्न बाङ्गो अर्थात् उल्टापट्टिबाट सुल्टा बनाउने उद्देश्य लिएको
देखिन्छ। यसमा व्यक्त गरिएका विचारको मूल पष्ठभूमि भने दार्जिलिङ पहाड़को जनजीवनमा
आधारित सामाजिक राजनैतिक आर्थिक गड़बड़ी, विसङ्गतिदेखि लिएर विश्वव्यापी
समस्यासम्म रहेको छ।
उपसंहार
यसै पनि कालिम्पोङमा व्यङ्ग्य निबन्ध लेख्ने लेखकहरू कम भएको समयमा ज्ञान सुतारले 'बाङ्गा कुरा' कृति दिएर नेपाली साहित्यमा एउटा इँटा थप्ने काम गरेका छन्। यसमा जम्मा पन्ध्रवटा कुराहरूलाई बड़ो कठोर व्यङ्ग्यको शैलीमा लेखिएको छ। सैद्धान्तिक रूपमा यसमा रहेका लेखहरूलाई श्याम व्यङग्यको कोटिमा राख्न सकिन्छ। लेखकले आफ्नो कुराहरू प्रस्तुत गर्न तार्किक ढङ्गमा पनि आफ्नो विचार अघि सारेका छन्। सरल भाषामा पाठकसित अनौपचारिक रूपमा कुरा अघि सारिएका छन्। विभिन्न सामाजिक राजनैतिक आदिका कारणले अहिलेको समयमा मानिसलाई बाँच्न नै कठिन परिरहेको छ। यसमा रहेका जम्मै लेखहरूले एकेकवटा विषयमा व्यङ्ग्य कसेर भए पनि घोत्लेको, चिन्तन, विचार विमर्श गरेको पाइन्छ। अबको युगमा मानिस बाँच्न नै कठिन पर्दो स्थिति छ, र बाँच्दाका कठिनाईहरूले उल्टोपाराले भए पनि प्रस्तुत गरिएको छ।

No comments:
Post a Comment