योगवीर शाक्य सम्पादक
गतिशील समय र परिवर्तनशील संसारमा मानव सभ्यता पनि बदलिन्छ। विचार विनिमय लेखनमा आउँदा शिलालेख, भोजपत्र, ताम्रपत्र आदि हुँदै कम्प्युटर, इन्टरनेट, मोबाइलको स्क्रीनमा पुगेको छ। कागजको छापाबाट स्क्रिनमा पुगेको समयमा हामीले पनि डिजिटल पत्रिका कोलाजअनलाइन शुरू गरेका छौँ।
यो अनलाइन पत्रिका मात्र होइन, भारतीय नेपाली पहिचान, बौद्विकता र सिर्जनशीलताको साझा मञ्च पनि हो। हाम्रो उद्देश्य नयाँ पुस्तालाई आफ्नो भाषा र साहित्यको इतिहाससित डिजिटलको माध्यमबाट जोड़्नु पनि हो।
डिजिटलमा पनि वर्तमान जमाना मोबाइलको छ। नामानुसार ‘मोबाइल’ —जता पनि बोक्न सजिलो, अति सहज। जता भए पनि जे चाहियो त्यो लेख्न, पढ्न र हेर्न पनि सकिने। हाम्रो कोलाजअनलाइन पनि युगानुकूल मोबाइल मैत्रीपूर्ण छ, त्यसैकारण जहाँ हुनुहुन्छ त्यहीँ तपाईँले कोलाजअनलाइन मोबाइलमै पढ़नु मात्र होइन तर पढ़ेर आफ्नो बहुमूल्य विचार पनि मोबाइलकै मार्फत व्यक्त गर्नुहोला भन्ने सबैलाई हाम्रो हार्दिक आग्रह छ।
13 जुलाई 2026,वर्ष:1,ई-अङ्क:1
