(नाटककार मदन भुजेलले ऐतिहासिक नाटक 'भानु-पाला'-मा आदिकवि भानुभक्त आचार्यको जीवन्त भूमिका निर्वाह गरेर नेपाली रङ्गमञ्चमा आफ्नो बलियो छाप छोड़नुभएको हो। तुलसी घिमिरेद्वारा निर्देशित कालजयी सुपरहिट चलचित्र दर्पण-छाँयामा उहाँको अभिनयलाई दर्शकहरूले निकै रुचाएका थिए। विगत ४० वर्षभन्दा लामो समयदेखि निरन्तर रङ्गमञ्च र चलचित्र क्षेत्रमा सक्रिय रहँदै उहाँ नयाँ पुस्ताका कलाकारहरूका लागि प्रेरणाको स्रोत बन्नुभएको छ।)
मदन भुजेल
हिरालाई ढुङ्गा ठान्ने
पर्दा खोलिन्छ
एउटा मध्यमवर्गीय घरको रङ्ग पचेरा हुँदैछ। हिन्दी फिलिमको गीत गुनगनाउँदै दुईजना पेण्टरहरू रङ्ग लगाउनुमा मस्त छन्। त्यति नै बेला घरधनीको प्रवेश।
एउटा मध्यमवर्गीय घरको रङ्ग पचेरा हुँदैछ। हिन्दी फिलिमको गीत गुनगनाउँदै दुईजना पेण्टरहरू रङ्ग लगाउनुमा मस्त छन्। त्यति नै बेला घरधनीको प्रवेश।
घरधनी - ओइ गाना गाउँदा जतिको मुख छिटो चलाउँछस् नि त्यसरी नै हात पनि छिटो चला। तिमीहरूले यो काम जसरी भए पनि भोलि सक्नुपर्छ, बुझिस्।
पहिलो पेण्टर: अङ्कल नसुर्ताउनुहोस् न, हामीमाथि विश्वास छैन क्या तपाईँलाई ?
घरधनी - लठुवा विस्वास नभए काम लाउँथेँ तिमारलाई ?
दोस्रो पेण्टर- अङ्कल तपाईँको यो काम अब दुई घण्टामा फिनिस गरिदिन्छ हामी।
पहिलो पेण्टर- पक्का अङ्कल दुई घण्टा, बिटिङ्ग खेल्ने !
घरधनी- लठुवाहरू, काम छोड़ेर बात मात्रै गरी बस्छ!
दोस्रो पेण्टर- बस दुई घण्टा,(आफ्नो काममा लाग्छ)
त्यतिबेलै दैलोको घण्टी बज्छ..ट्रि.....ङ्ग, ट्रि.....ङ्ग।
घरधनी - ला! को आयो हौ, धने आउँछु भन्दैथियो पैसा लिनु,पैसा पनि छैन अहिले। ऐ काली! दैलो खोल त को आयो, धने अङ्कल हो भने म घरमा छैन बजार गएको छ भन्दे।
काली गएर दैलो खोल्छ, साइरस हात हाल्लाउँदै भित्र पस्छ।
साइरस् -(रङ्ग लगाएको हेर्दै अचम्म मान्दै)- अरे वाह! न दशैँ, न तिहार, के हो यो ?
घरधनी -(लुकेको ठाउँबाट निस्केर अलिक झिञ्झेट मान्दै आउँछ) हैट यो भाइरस् मोरा पो आएछ!
साइरस् -भाइरस् होइन हौ दाजू साइरस् हो साइरस्!
घरधनी - तँ जस्तो मान्छे हाम्रो समाजको भाइरस् होस्।आफू कहिले कै गर्दैन अरूले गऱ्यो कि खुट्टा तान्ने, भुइँमा लड़ाउने भाइरस्।
साइरस् - लौ भयो भयो दाजु। यो चैँ के गरेको यस्तो?
घरधनी - जे सुकै गरूम्! अर्काको घरको तलाईँ के को खस् -खस्!
(दैलोमै उभिएकी काली भाइरसलाई देखेर भन्छे)
(दैलोमै उभिएकी काली भाइरसलाई देखेर भन्छे)
काली - अङ्कल चिया बनाइदिऊँ?
साइरस् - (तर्सेर) अरे यो त काली पो रैछ!? नयाँ लुगामा चिटिक्कै परेर मालिक्नी जस्तो पो भइराछस् त!? अन्य तैँले चिया बनाउँछस्?(फेरि रङ्ग लगाएको तिर औँल्याउँदै) दाजु घरमा चैँ के छ पूजा कि बिहे ?
घरधनी - (दिक्क मान्दै) कै छैन-कै छैन, चिया सुरुप्प खाएर लुरुक्क भएर गइहाल! (काली तिर फर्केर) काली जा छिटो चिया बनाएर ले यसले खाएर गइहाल्छ।
(काली जान्छ )
साइरस् - हैन हौ दाजु अहिले त लाइक, कमेन्ट, शेयरको जमाना हो जति धेरै लाइक, कमेन्ट, शेयर गर्नसक्यो उती आफुलाई फायदा, के गर्नुभा'को यसो शेयर गर्नोस् न, भन्नुना हौ।
(काली जान्छ )
साइरस् - हैन हौ दाजु अहिले त लाइक, कमेन्ट, शेयरको जमाना हो जति धेरै लाइक, कमेन्ट, शेयर गर्नसक्यो उती आफुलाई फायदा, के गर्नुभा'को यसो शेयर गर्नोस् न, भन्नुना हौ।
घरधनी - हैट! यो रहेछ! फेरि बित्थाको कुरा खोजी बस्ने पहाडको पत्रुकार जस्तो!
साइरस् - खोजेको होइन हौ दाजु! कुरा शेयर गर्नुहोस् भनेको पो त।
घरधनी - लौ सुन् त्यसो भए, मेरो घरमा नि आज....
(त्यति बेलै चिया लिएर घरआमाको प्रवेश)
घरआमा - ए यो मोरो पो रहेछ! म त सोच्दैथिएँ घरमा आएछ कुन चैँ ठूलो नेता, यो त चियोचर्चा गरिहिँड़ने बेकाम्मे केटा पो रै'छ।
(त्यति बेलै चिया लिएर घरआमाको प्रवेश)
घरआमा - ए यो मोरो पो रहेछ! म त सोच्दैथिएँ घरमा आएछ कुन चैँ ठूलो नेता, यो त चियोचर्चा गरिहिँड़ने बेकाम्मे केटा पो रै'छ।
व्यक्ति - ए नमस्ते भाउजू।
घरआमा - नमस्ते,लौ चिया खाएर गइहाल, मियाद सकेर कुर्सी नछोड़ी बसिरहने नेता नबन। (एकछिन् त्यो साइरसलाई ट्वाल्ल परेर हेरेपछि) यसलाई देखेर पो काली आउन नमाने को रै'छ। काली त कस्तो हारेको नेता देखेर भागेको जस्तै पो भाग्यो।
साइरस् - (हाँस्दै) बिचरा काली सधैँ पुरानो लुगा मात्रै लगाउने नयाँ लुगा पाउँदा पब्लिक फेस गर्नु साह्रो परेछ, यसरी यो नेता हुनु सक्दैन। जसले पब्लिक फेस गर्न सक्दैन उ नेता के बन्छ!
घरआमा - हेरन हाम्रो त घर पनि पहाड़को राजनीति जस्तै लथालिङ्ग छ। तर सबैलाई सुनाउँदै चैँ नहिँड़नु नि फेरि।
साइरस् - काँ भनिहिँड़नु। यस्तो बेलामा त यस्तै त हो नि, ए साँच्ची भाउजू अघि दाजुले भन्नुहुँदै थियो नि तपाईँको घरमा...।
घरधनी - आम्मामा! हेर त यो लठुवालाई के साह्रो चासो हौ अर्काको घरको!
साइरस् - चासो होइन हौ दाजु कुरा शेयर गरौँ......
(घरधनीले भाइरसको कुरा काट्दै)
(घरधनीले भाइरसको कुरा काट्दै)
घरधनी - लौ सुन् भाइरस् भोलि मेरो छोरी र जुवाइँ आउँदैछ। भयो खुशी, ढुक्क लाग्यो। अब तेरो खाएको पच्छ होलानि।
साइरस् - जुवाइँ ?
घरआमा - हजुर हाम्रो जुवाइँ आउनुहुँदैछ।
साइरस् - अन्त जुवाइँ त सबैको आउँछ जान्छ। जुवाइँ आउँदा पनि यस्तो सजावट रङ्गपचेरा!
घरधनी- अन्त मेरो जुवाइँ हो नि।
साइरस् - तपाईँको जुवाईँ हो त के भयो, जुवाईँ त सबैको हुन्छ।
घरधनी - अरूको जुवाइँ र मेरो जुवाइँमा फरक छ।
साइरस् - कस्तो फरक छ हौ त्यस्तो। तपाईँको जुवाइँ चैँ रूलिङ्ग पार्टीको विधायक हो के?
घरधनी - तिमीहरू जस्तै चापलुसेहरूलाई रूटिङ्ग पार्टि नभई नहुने। मेरो जुवाइँ तिमीहरूको जस्तो होइन!
साइरस् - जुवाइँ भनेको छोरीको बुड़ा, सबैको त्यस्तै हो तपाईँको चैँ कस्तो?
घरधनी - मेरो छोरीको बुड़ा मेरो जुवाइँ चैँ फरेनको हो विदेशी,बुझिस्?
साइरस्(अलिक झर्किदै) - वाह तपाईँको जुवाइँ फोरेनको अनि हाम्रो चैँ घूरेनको हो के, मेरो पनि त जुवाइँ फोरेन कै हो, म त जुवाइँ आउँदा यस्तो स्वाङ्ग गर्दिनँ त! जुवाइँ आउँछ जान्छ ।
घरधनी - चुप लाग! बित्थामा कुख्राको पोथी जस्तै क्वाँक-क्वाँक नगर।
घरधनी - चुप लाग! बित्थामा कुख्राको पोथी जस्तै क्वाँक-क्वाँक नगर।
साइरस् - किन चुप लाग्नु। ठिकै त भन्दै छु मैले।
घरधनी - लू भन्त तेरो जुवाइँ चैँ काँको हो?
साइरस् - तपाईँको जुवाइँ काँको हो पैला त्यो भन्नुहोस् न।
घरधनी - हाम्रो जुवाइँ फोरेनको हो, फोरेन, अमेरिका, युनाइटेड स्टेट्स अफ् अमेरिकाको, लरो-तरो होइन नि।
साइरस् - ए त्यति जाबो मेरो पनि त जुवाइँ फोरेन को हो। म त फुटानी गर्दिनँ त!
घरधनी - लु तँ भन्त कुन देशको हो तेरो जुवाइँ?
साइरस् - मेरो जुवाइँ? धुलाबारी, नेपालको हो।
घरधनी - हा हा हा हैट त्यो नेपाल पनि फोरेन हो र? मेरो जुवाइँ त नि अमेरिकाको, गोरे, टल, ह्याण्डसम, डलर के डलर भएको!! तिम्रो नेपालको जुवाइँ के जुवाइँ!! त्यो नेपाल जाँदा न पासपोर्ट चाहिन्छ न वीशा।
साइरस् - डलर छैन त के भयो मलाई जैले दुःख पर्छ मेरो जुवाइँ टुप्लुक्क आइपुग्छ, तपाईँको आइपुग्छ। हाम्रो त भाषा मिल्छ, जाति मिल्छ, संस्कृति मिल्छ।हामी ससुरा-जुवाइँ त मिठो मिठो गफ गर्दै बस्छौँ। मैले त कहिले-काहीँ 'आज त जुवाईँ कस्तो-कस्तो पो लाग्यो' भन्यो भने उसले बुझ्छ। बेलुकी एक बोतल लिएर आइहाल्छ। तपाईँकोलाई के भन्नुहुन्छ। सन्इन्ल टूडे फिलिङ हाउ-हाउ भन्नुहुन्छ। आपस्तमा गफ् चैँ कसरी गर्नुहुन्छ? तपाईँलाई अङ्ग्रेजी आउँछ? कि पिटर सरकोमा अङ्ग्रेजीको ट्यूशन पढ़ाइ हुँदै छ।
घरआमा - लौ, के भन्छ यो नानीले फेसबुके नेता जस्तै।
घरधनी - हेर भाइरस्! म मेरो जुवाइँसित कसरी बोल्छु, के गर्छु, तैले चिन्ता गर्नु पर्दैन। त्यो मेरो समस्या हो। तँ अमेरिका जस्तै जहाँ पायो त्यहाँ खुट्टा हाल्ने काम नगर।
साइरस् -कुन्नि त दाजु अमेरिका त तपाईँकै सम्धी हो।
घरधनी - टेन्सनको बेला बेसी नकरा है भाइरस्! अहिले अमेरिकाले इरानलाई ठोकेको जस्तै ठोक्छु नि!
त्यति नै बेला दैलोको घण्टी बज्छ 'ट्रि......ङ्ग, ट्रि.......ङ्ग'।
घरधनी आत्तिँदै दैलो तिर फर्किन्छ।
घरधनी -काली हेर त को हो! धने हो भने म छैन भन्दे है।
कालीले दैलो खोल्छ, दैलोतिर हेरेर घरधनी चकित हुँदै अनुहार कालो-निलो पार्छ। (क्रमशःअर्को अङ्कमा)
द्रष्टव्य : नाटक पढ्नेभन्दा धेर हेर्ने विधा हो। मञ्चमा जिवन्त नाटक हेरेर जति आनन्द आउँछ त्यति पढे़र आउँदैन। त्यसैले यो नाटक पनि अहिले पढ्दा त्यति आनन्द नआउला र यो मञ्चन भएको दिन मञ्चमै आएर हेरे यसले पूरा आनन्द दिनेछ भन्ने ग्यारेन्टी छ।
13 जुलाई 2026,वर्ष:1,ई-अङ्क:1

No comments:
Post a Comment