सम्पादक
स्वाधीनता सित्थैमा पाएको हैन
15 अगस्त भारतको लागि अत्यन्तै ऐतिहासिक र पवित्र दिन हो। यसै दिन सन् 1947-मा भारतले अङ्ग्रेजी हुकुमतबाट मुक्ति पाएको थियो। त्यसैले यस दिनलाई स्वतन्त्रता दिवसको रूपमा घोषणा गरिएको हो। यस दिन विशेषगरी स्वतन्त्र सङ्ग्रामीहरूको नि:स्वार्थपूर्ण योगदान स्मरण गर्छौँ, कदर गर्छौँ किनभने हामीले हाम्रो स्वाधीनता सित्थैमा पाएका होइनौँ, लडेर,सङ्घर्ष गरेर जितेका हौँ। हाम्रा पूर्खा सङ्ग्रामीहरूको बलिदानले गर्दा आज हामी स्वाधीनताको सास फेर्न पाएका छौँ। हाम्रो देश भाषिक, सांस्कृतिक र धार्मिक हिसाबले भारतीय नागरिक एक छैनौँ। तर यिनै हाम्रा पहाड़का धरोहर स्वतन्त्रता सङ्ग्रामीहरूको बलिदान र उत्सर्ग़कै कारण आज हामी पनि छात्ती ठोकेर एउटा देशको नागरिकको हैसियतले आफ्नो भाषा, संस्कृति, संस्कारसित बाँच्न पाएका छौँ। देशको अनेकतामा शिर ठाड़ो पारेर उभिन सक्षम बनेका हामी गोर्खाहरूले राष्ट्रियताको प्रसङ्गमा आफ्ना आञ्चलिक विचार राष्ट्रको मूल धारामा मिसाउन अवसर पाएका छौँ। र त भारत सरकारले नेपाली भाषालाई संवैधानिक मान्यता दिएर भारतमा हामी निर्धक्क छौँ। प्रत्यक्ष व परोक्षरुपमा यसको श्रेय हाम्रा स्वतन्त्रता सेनानीहरूको बलिदान नै हो भन्दा अत्युक्ति नहोला।
तर हाम्रो समाज, स्कूलमा हामीले यस विषयलाई चर्चा वा पढ़ाउने पाठ्यक्रममा समावेश गर्न हिचकिचाउँछौँ। बरु अरु जातिले गरेका विषयहरू पढ़ाउनु रुचाउँछौँ हामी अनि अरूका योगदानहरू पढ्नु पाउनु आफूलाई ज्ञानी सम्झन्छौँ। त्यसैले कवि हरिभक्त कटुवालले भनेका छन्:
पृथ्वीका जीवले
आकाशका ती तारालाई मात्र
देख्छन् तारा,
टाढ़ा देख्ने ती आँखाले
देख्न सकेनन् वरिपरिका
पृथ्वीका तारा
चामे,रामे,हर्के,वीरे कति तारा ।
यसर्थ हामी टाढ़ाका महत्वको महिमा गाउने मनोवृतिलाई अलिक पर सारी यस अङ्कको कोलाजनलाइन पढौँ।हाम्रो कोलाजअनलाइनको यो अङ्क हाम्रा यिनै पहाड़ी विभूतिहरूलाई श्रद्धाञ्जली-स्वरूप प्रस्तुत छ। आउनुहोस् हामी हाम्रा यी स्वतन्त्रता सङ्ग्रामीहरूको जीवनी बुझौँ,केही सिकौँ अनि आफूलाई गर्व महसुस गरौँ ।
समस्त देशवासीलाई 80-औँ स्वतन्त्रता दिवसको हार्दिक शुभकामना।

Ati ramrobhaya cha
ReplyDeleteहजुरहरूको पत्रिका पढेर राम्रो लाग्यो। हाम्रो यो क्षेत्रको कथाहरू पनि हाल्नु होला। बहुत बहुत शुभकामना छ।
ReplyDeleteचित्रा कलाका लागि छुट्टै समर्पित स्थान वा सेक्सनको व्यवस्था गर्नु उपयोगी हुन सक्छ।
ReplyDeleteकला, कलाकार र यससँग सम्बन्धित विषयहरूलाई नियमित स्तम्भ (feature) मा स्थान दिनु एक उत्कृष्ट र स्वागतयोग्य कदम हो। यसले समाजमा रचनात्मकता र सांस्कृतिक चेतना बढाउन ठूलो मद्दत पुर्याउँछ। 🙏🏽
ReplyDeleteकला सम्बन्धी एक समर्पित खण्डलाई नियमित स्तम्भको रूपमा अपलोड गर्न सकिन्छ, धन्यवाद। 🙏🏽
ReplyDelete