मलायाको 'आर्मी बेस पोष्ट अफिस'
का पोष्टमास्टर भैरवसिंह लामा E. X. I. W. O. No-P 1188 जो 15 फरवरी 1942 देखि ३१
अगष्ट 1945 सम्म जापानको कैदी भएर जापान सरकारको अधिनमा रहेर
भनिन्छ आजाद हिन्द फौजको निम्ति हुलाक विभागमा धेरै सेवा पुर्याएका थिए। उनले 1939-45 स्टार, पेसिफिक स्टार र वार मेडल प्राप्त गरेर पनि
स्वतन्त्रता सेनानी थिए।
पोष्टमास्टर भैरवसिंह कालेबुङ अन्तर्गत पेदोङ निवासी सेतुमान
सरदारका छोरा थिए। सन् 1898 तिर जन्मेका भैरवसिंह 13
जून 1941 मा नागपुरदेखि ब्रिटिश फौजको हुलाक विभागमा भर्ना
भएर 25 अप्रेल 1946 मा घर फिरेका थिए।
पल्टनबाट फिरेपछि आफ्नो इच्छा बमोजिम त्यही पोष्टमास्टर पुरानै
पेशा लिएर तिब्बत गएका थिए। जहाँ सन् 1962 को चीन-भारत युद्धमा आफू बसेको ठाउँमा उनले
भारतीय सैनिकको बलियो मोर्चा नदेख्दा र चीनले भारतको माटो मिच्न लागेको देख्दा
तिनी साह्रै हतोत्साहित भएर, आत्तिएर हर क्षण भन्नथाले—
'चीनले हाम्रो ठाउँ लानु आँट्यो खोइ हाम्रो 'बेस
कमाण्डर' ? खोइ हाम्रा जवानहरू-सैनिक अफिसरहरूले के
हेरिरहेछन् ? हामीलाई मिचिसक्यो••••।'
यसरी चीनले भारतको सीमा दिनोदिन
मिचेको सुनेर उनको स्मरणशक्ति असन्तुलित भयो। भारतदेशको
मायामा एउटा नेपाली बौलियो अनि हर क्षण एउटै कुरा रट्न थाल्यो।
"चीनले हाम्रो ठाउँ लान
आँट्यो... खोइ हाम्रो बेस कमाण्डर? खोइ हाम्रा
जवानहरू...।"
यसरी पिड़ित पोष्टमाष्टरलाई उनको बासस्थान कालेबुङ अन्तर्गत त्रीपाईमा ल्याइयो अनि यही अवस्थामा केहीदिन पश्चात् उनको मृत्यु भयो। मर्नेबेलामा पनि उनको मुखमा एउटै शब्द थियो— "...हाम्रो ठाउँ लान आँट्यो...।"
पोष्टमाष्टर भैरवसिंहका दुइ जना पत्नीहरू
थिए। पहिलो पत्नीद्वारा छोरा-हरू पाल्देन लामा, नोर्देन लामा र छोरी पासङ
लामु (कान्ता आनन्द) औ दोस्रो पत्नीद्वारा छोरा जीतेन लामा, हेमकान्त
लामा र छोरी मणीका लामाले जन्म लिए। उनकी छोरी पासङ लामु (कान्ता आनन्द)
हरिश्चन्द्र फिल्ममा मुख्य नायिका थिइन्। केही वर्षअघिसम्म भोपाल रेडियोबाट कान्ता आनन्दको
नाउँले शास्त्रीय संगीत गाउने गर्थीन् तर उनका पिता भैरवसिंह लामा स्वतन्त्रता
सेनानी भनेर कसैले पनि सम्झना गरेनन्।
साभार: कालिम्पोंगका स्वतन्त्रता संग्रामीहरू
