एउटा मध्यमवर्गीय परिवारमा सन् 1865 मा टेकबीर बस्ती, खरसाङमा जन्मेका प्रतिमान सिंह लामा स्वतन्त्रता सेनानीको अग्रिम पङ्क्तिमा रहेको सेनानी हुन्। उनी बाल्यकालदेखि नै असाधारण रूपमा चतुर र बुद्धिमान व्यक्ति थिए। उनले आफ्नो प्राथमिक शिक्षा तत्कालीन मिडल इङ्लिस स्कूलबाट प्राप्त गरेका थिए, जसलाई वर्तमान समयमा पुष्प रानी हायर सेकेण्डरी स्कूल, खरसाङ भनिन्छ। पछि उनले दार्जीलिङ सरकारी उच्च विद्यालयबाट माध्यमिक शिक्षा प्राप्त गरे।
सन् 1910-मा, उनले आफ्नो मेट्रिक्युलेसन पूरा गरे जसलाई त्यस अवधिमा इन्टर परीक्षा
भनिन्थ्यो र त्यसमा पहिलो स्थान हासिल गरेका थिए। उनले नेपाली साहित्यमा महाकाल
जासूस नामक उपन्यास लेखे।
उनी वन विभागका डि एफ ओ
सम्म उच्च पदमा थिए।आफ्नो सरकारी सेवा र प्रशस्त भावी सुरक्षाको बावजुद, उनी कुनै न कुनै रूपमा राष्ट्रिय मुद्दाहरू र आफ्ना सह-नागरिकहरूको
सामाजिक अवस्थाप्रति बढ़ी चिन्तित र आकर्षित थिए। उनी समाजको भलाईका लागि
गम्भीरतापूर्वक काम गर्न चाहन्थे। उनी ब्रिटिश सरकारको
भ्रष्ट र दुर्भावनापूर्ण नीति तथा नियमहरूका कारण त्यसको मातहतमा काम गर्न
चाहँदैनथे। उनले भारतीयहरूमाथि भइरहेको क्रूरता र दमनलाई स्पष्ट रूपमा विश्लेषण
गर्न सक्थे। यसैले, उनले आफ्नो समय र ज्ञान देशको बृहत्तर
हित, यसको सामाजिक सुधार र ब्रिटिश राजको प्रभुत्व विरुद्धको
लडाईमा समर्पित गर्ने दृढ़ निर्णय गरे, किनकि ती दिनहरूमा
ब्रिटिश अधिकारीहरूले हाम्रा जनतालाई नागरिक र मौलिक अधिकारहरूबाट वञ्चित गरेका
थिए र विभिन्न तरिकामा भेदभाव गर्थे।
उनले आफ्नो उच्च पदलाई त्याग गरेर
काङ्ग्रेसका सदस्यता लिए। दलबहादुर गिरीसँग सम्बन्ध राखेर स्वतन्त्रता आन्दोलन तन
मन धन दिएर लागिपरेका थिए। दलबहादुर गिरीको गिरफ्तार र मृत्युपछि उनी एक्लो भए।
सरकारको कड़ा निगरानीले पहाड़मा गतिविधि शिथिल अवस्थामा पुगेको थियो तर उनले
साहसपूर्वक संयमित ढङ्गले आन्दोलन जारी राखेका थिए।
पहाड़बाट आन्दोलनलाई निरन्तरता दिनका लागि
उनको श्रेय छ। स्वतन्त्र देश हेर्नका लागि उनले आफ्नो धन र तन दुवै गुमाउन पुगे तर
स्वतन्त्र भारतको मुख हेर्न नपाई सन् 1946-मा उनले अन्तिम सास फेरे अनि यस्ता स्वतन्त्रता सङ्ग्रामी जसले गर्दा हाम्रो देश स्वतन्त्र भयो आज उहाँलाई नै देशले बिर्सेको छ।
