हिरालाई ढुङ्गा ठान्ने
(गताङ्कको रहल)
आमा- हाम्रो छोरी आउँदा तिमी अलपत्र किन पर्नु र भाइ? जान्छौ भने जाऊ न त। तीन बैनी छोरी छ तिनीहरू पालै-पिलो ज्वाइँ र नानीहरूसित घर आउँछ र उनीहरू आउँदा घर पनि अलि उज्यालो हुन्छ।
साइरस - (छक्क पर्दै ) अरे! तपाईंको तीनजना? मेरो पनि त तीनजना बैनी हो !
आमा - हो र ?
साइरस - हो नि आफ्नै छोरीहरूलाई सर्काएको चैं नसम्झनू होस् भाउजु, मेरो त यो तीनैजनाले कैले दु:ख दिएन, गर्व गर्छु क्या ।
आमा - तीनै बैनीको बिहे ?
साइरस - (कुरा काट्दै ) हो नि भाउजु, जेठी बिहारमा पढ़ाउनु गाको त्यताकै बिहारी ज्वाइँसित गैगो, माइली कलकत्तामा कल सेन्टरमा काम गर्थी उसले उतै बङ्गाली ज्वाइँ रोजी हाली।
घरधनी - ए.... अन्त कान्छी ?
साइरस - अगि भने त फरेन, नेपाल, धुलाबारीमा काम गर्थी उसले।
घरधनी - भने पछि तिम्रो त...!
आमा - औ चुप लाग है.. के भन्नु लागेको! तिम्रो यो प्याचै भन्ने बानी!
साइरस - (हाँस्दै ) हे हे हे पैला आफु ऐना अगि उभेर हेर्नु पऱ्यो अनि मुख फोर्दा भो नि, हवस त बेस्ट अफ् लक थुक्क ईङ्गलिस पो आएछ यो मुखमा (साइरसको प्रस्थान )
घरधनी - यो साइरस लाई त्यसै भाइरस भनेको काँ हो र, गाँउ-घर डुल्यो अर्काको चियो गऱ्यो आगो लगायो ।
आमा - हैन कतिवटा कुरा त ठिकै पनि गर्छ यो भाईले।
माइली छोरी-(घरमा प्रवेश गर्दै) मम्मी, माई मम्मी ड्याडी
आमा - अपूई आइपुगेछ त यो!
घरधनी - आइपुगिस्? खै ज्वाइँ साहेब ?
माइली - केल्लु प्लीज कम इन्साइड (केल्लुको प्रवेश )
घरधनी- कालू ?
माइली -नो! नोट कालू, ड्याडी हि इज केल्लू, केल्लू।
घरधनी - मान्छे को नाम पनि कैले त्येस्तो हुन्छ बरु भालु भन्नु नि!
आमा - औ के भनेको त्यो?
घरधनी - हेरन अन्त मान्छे पनि भालु जस्तै छ त !
आमा - जस्तो सुकै होस् न ज्वाइँ पो त हाम्रो, जे पायो त्यै नभन है !
घरधनी - जे भने पनि लठुवाले बुझ्ने त हैन।
माइली - सरप्राइज , सरप्राइज, याहू (आमा-बाबा छक्क पर्दै) केल्लु प्लीज रिप्लाई !
केल्लु -(अङ्ग्रेजी लवजमा) मा लाठुवा होइन कालु पनि हाइना भालु पानी हाइना मा हाजुरको ज्वाइँ केल्लु हो!
माइली - ड्याडी तपाईंलाई अचम्म लाग्यो नि? तपाईंको ज्वाइँले नेपाली सबै बुझ्छ र बोल्नु पनि सक्छ।
आमा - के भन्छ एल्ले? होइन होला! अब गाल परेन !
घरधनी - मलाई के था!
माइली छोरी- ज्वाइँले छ हाम्रो नेपाली संस्कृतिमा पिएचडी पो गर्नु हुँदैछ!
घरधनी - आम्बो हन के भन्छ हौ!?
आमा - अपूई हो र !!
माइली छोरी - हजुर, अनि हाम्रो संस्कृतिको बारेमा ज्वाइँले तपाईंहरूबाट अझ थप कुराहरू जान्ने-बुझ्ने अरे विशेष बाबाबाट। मैले बाबालाई हाम्रो संस्कृति बारे सबै थाह छ भनेकोछु।
घरधनी - ला....... आफू त चिल्लै, औ आमा तिमीलाई अलिक थाह छ होला बरू तिमी बुझाई देऊ।
आमा - अपूई म झन् कै त जान्दिनँ।
माइली छोरी-हन के भन्छ हौ आमा-बाबाले। काँ सात समुद्र पारीकोले हाम्रो संस्कृति पढ्दै छ हामी चैं चिल्लै अरे! लाज हुन्छ है।
घरधनी- हो नि हौ ! अब फोरेनर ज्वाइँअघि लाजमर्दो हुने भो। ढाँटू भने पनि ज्वाइँलाई सबै थाहा होला। मैले त ज्वाइँलाई ढुङ्गा सम्झेँको थिएँ उ त हिरा पो निस्कियो, मलाई त हाम्रो संस्कृति भनेपछि खायो, लायो, मात्यो, नाच्यो त्यति नै थाहा छ। छ्या! अब ज्वाइँलाई के भन्नु!!!?
कोठामा नीरवता छाउँछ, विस्तार कोठा अँध्यारो कालो हुन्छ।
(पर्दा झर्छ)

नाटकको अन्त बढ्दो तीखो लाग्यो, मुटुमै घोच्ने। नाटककारलाई हार्दिक बधाई।
ReplyDelete