15 Oct 2026

नाटक


(नेपाली रङ्गमञ्च र सिनेमा जगतमा मदन भुजेललाई परिचयको कुनै खाँचो छैन। चालिस वर्षको आफ्नो लामो नाट्य यात्रामा उहाँले अनैकौँ स्मरणीय भुमिका निभाउनु भएको छ।)
मदन भुजेल

हिरालाई ढुङ्गा ठान्ने


(गताङ्कको रहल)

आमा-  हाम्रो छोरी आउँदा तिमी अलपत्र किन पर्नु र भाइ?  जान्छौ भने जाऊ न त। तीन बैनी छोरी छ तिनीहरू पालै-पिलो ज्वाइँ  र नानीहरूसित घर आउँछ र उनीहरू आउँदा घर पनि अलि उज्यालो हुन्छ।

साइरस - (छक्क पर्दै ) अरे! तपाईंको तीनजना? मेरो पनि त तीनजना बैनी हो !       

आमा - हो र ?              

साइरस - हो नि आफ्नै छोरीहरूलाई सर्काएको चैं नसम्झनू होस् भाउजु, मेरो त यो तीनैजनाले कैले दु:ख दिएन, गर्व गर्छु क्या ।    

आमा - तीनै बैनीको बिहे ?  

साइरस - (कुरा काट्दै ) हो नि भाउजु, जेठी बिहारमा पढ़ाउनु गाको त्यताकै बिहारी ज्वाइँसित गैगो, माइली कलकत्तामा कल सेन्टरमा काम गर्थी उसले उतै बङ्गाली ज्वाइँ रोजी हाली। 

घरधनी - ए.... अन्त कान्छी ?                      

साइरस - अगि भने त फरेन, नेपाल, धुलाबारीमा काम गर्थी उसले।          

घरधनी - भने पछि तिम्रो त...! 

आमा - औ चुप लाग है.. के भन्नु लागेको! तिम्रो यो प्याचै भन्ने बानी!                 

साइरस - (हाँस्दै ) हे हे हे पैला आफु ऐना अगि उभेर हेर्नु पऱ्यो अनि मुख फोर्दा भो नि, हवस त बेस्ट अफ् लक थुक्क ईङ्गलिस पो आएछ यो मुखमा (साइरसको प्रस्थान ) 

घरधनी - यो साइरस लाई त्यसै भाइरस भनेको काँ हो र, गाँउ-घर डुल्यो अर्काको चियो गऱ्यो आगो लगायो ।

आमा - हैन कतिवटा कुरा त ठिकै पनि गर्छ यो भाईले।

माइली छोरी-(घरमा प्रवेश गर्दै) मम्मी, माई मम्मी ड्याडी      

आमा - अपूई आइपुगेछ त यो!

घरधनी - आइपुगिस्? खै ज्वाइँ साहेब ?           

माइली - केल्लु प्लीज कम इन्साइड (केल्लुको प्रवेश ) 

घरधनी- कालू ?           

माइली -नो! नोट कालू, ड्याडी  हि इज केल्लू, केल्लू।          

घरधनी - मान्छे को नाम पनि कैले त्येस्तो हुन्छ बरु भालु भन्नु नि!                      

आमा - औ के भनेको त्यो?  

घरधनी - हेरन अन्त मान्छे पनि भालु जस्तै छ त !    

आमा - जस्तो सुकै होस् न ज्वाइँ  पो त हाम्रो, जे पायो त्यै नभन है !                

घरधनी - जे भने पनि लठुवाले बुझ्ने त हैन।                        

माइली - सरप्राइज , सरप्राइज, याहू (आमा-बाबा छक्क पर्दै) केल्लु प्लीज रिप्लाई !

केल्लु -(अङ्ग्रेजी लवजमा) मा लाठुवा होइन कालु पनि हाइना भालु पानी हाइना मा हाजुरको ज्वाइँ केल्लु हो!

माइली - ड्याडी तपाईंलाई अचम्म लाग्यो नि? तपाईंको ज्वाइँले नेपाली सबै बुझ्छ र बोल्नु पनि सक्छ।        

आमा - के भन्छ एल्ले? होइन होला! अब गाल परेन !           

घरधनी - मलाई के था!        

माइली छोरी- ज्वाइँले छ हाम्रो नेपाली संस्कृतिमा पिएचडी पो गर्नु हुँदैछ! 

घरधनी - आम्बो हन के भन्छ हौ!?                             

आमा - अपूई हो र !!            

माइली छोरी - हजुर, अनि हाम्रो संस्कृतिको बारेमा ज्वाइँले  तपाईंहरूबाट अझ थप कुराहरू जान्ने-बुझ्ने अरे विशेष बाबाबाट। मैले बाबालाई हाम्रो संस्कृति बारे सबै थाह छ भनेकोछु।

घरधनी - ला....... आफू त चिल्लै, औ आमा तिमीलाई अलिक थाह छ होला बरू तिमी बुझाई देऊ।             

आमा - अपूई म झन् कै त जान्दिनँ।

माइली छोरी-हन के भन्छ हौ आमा-बाबाले। काँ सात समुद्र पारीकोले हाम्रो संस्कृति पढ्दै छ हामी चैं चिल्लै अरे! लाज हुन्छ है।

घरधनी- हो नि हौ ! अब फोरेनर ज्वाइँअघि लाजमर्दो हुने भो। ढाँटू भने पनि ज्वाइँलाई सबै थाहा होला। मैले त ज्वाइँलाई ढुङ्गा सम्झेँको  थिएँ  उ त हिरा पो निस्कियो, मलाई त हाम्रो संस्कृति भनेपछि खायो, लायो, मात्यो, नाच्यो त्यति नै थाहा छ। छ्या! अब ज्वाइँलाई के भन्नु!!!?

कोठामा नीरवता छाउँछ, विस्तार कोठा अँध्यारो कालो हुन्छ।

(पर्दा झर्छ)



15 अक्टुबर 2026, वर्ष:1,वेबाङ्क:4
@2026 collageonline.in. All right reserved



दशैँ र तिहारको हार्दिक शुभकामना


1 comment:

  1. मोहन थापा17 October 2026 at 07:53

    नाटकको अन्त बढ्दो तीखो लाग्यो, मुटुमै घोच्ने। नाटककारलाई हार्दिक बधाई।

    ReplyDelete