योगवीर शाक्य
सम्पादक
सम्पादक
नीलो सफा आकाश। घमाइलो दिनको न्यानो ताप। मन्द मन्द शीतल समीर। खेतमा धानको मग-मग बास्ना। प्रकृतिका बदलिंदो अनुहारसित हाम्रो अनुहारमा पनि हल्का हाँसो। सद्भावना र सौहार्दपूर्ण भेटघाट। ठूला बड़ाका आशिर्वाद। यी भिन्न भिन्न अभिव्यक्तिबाट दशैँको आभास हुन्छ।
यही चाड़ले हामीमाझका जस्तै दूरी, मतभेद, वर्गभेद, वर्णभेद, वैमनस्यता छाड़ेर मैत्रीपूर्ण मेलमिलाप गर्न सिकाउँछ।
कोलाजअनलाइन पनि साहित्यका विभिन्न पक्षहरूलाई समेटेर पोस्ट गर्न समक्ष भएको छ दशैंको माहौलमा एक साथ बसेर रमाइलो गरेजस्तो। यस अङ्कसम्म शुद्ध साहित्यका विधाबाहेक सिनेमा, कला, गीतसङ्गीत, पर्यावरणादि समावेश भएका छन्। त्यसरी नै विश्वका विभिन्न ठाउँका स्थापित तथा सिकारू कवि, कथाकार, लेखकहरूलाई सङ्गाल्नु सक्यौँ। यहाँहरूको अमूल्य योगदानको प्रतिफल तीन महीनामा छ हजार पाठकहरूले (प्रत्येक दिन हरदर 67 पाठक) यो वेबजीन ब्राउज गरेको आङ्कलन देख्न पाउँदा यसपालि पनि गर्वसाथ भन्न चाहेँ नेपाली भाषा साहित्यको भविष्य अँध्यारो छैन। यसर्थ हाम्रा नेपाली लेखक - लेखिका, पाठक सबै बधाईका पात्र हुनुहुन्छ। खुशीको खबर यसपालिदेखि अनमोल तामाङ 'साइबर एक्सपर्ट'-को रूपमा हामीसित जोड़िनु भएको छ।
अन्तमा सबैमा आउँदो दशैँको हार्दिक शुभकामना।
15 अक्टुबर 2026, वर्ष:1, ई-वेबाङ्क:4
कोलाजअनलाइन
देशको पहिलो नेपालीभाषाको
मासिक साहित्यिक वेबजीन
आन्तरिक लिङ्क
हाम्रो टिम
सम्पादक: योगवीर शाक्य
सह-सम्पादक: डा° इन्द्रबहादुर छेत्री
व्यवस्थापक: मिङ लिवाङ
साइबर प्राविधिक: अनमोल तामाङ
हाम्रो ठेगान
१० माइल, कालेबुङ,भारत
रचना पठाउने ई-मेल
collageonline.in@gmail.com
सर्वाधिकार : कोलाजअनलाइन.इन
@2026 collageonline.in.All right reserved

Good to know that a fresh edition of the Collage has been released. I wish the publication all the very best and Dashain greetings to all the readers and contributors.
ReplyDeleteधन्यवाद यहाँलाई।
DeleteAll the best respected sir
ReplyDeleteCongratulations...great reading materials...Sujeev Shakya
ReplyDelete