13 Jul 2026

सम्पादकको डेस्कबाट

मोबाइलमा प्रयोगका लागि विशेषरूपले सिर्जना गरिएको


योगवीर शाक्य, सम्पादक


गतिशील समय र परिवर्तनशील संसारमा मानव सभ्यता पनि बदलिन्छ। विचार विनिमय लेखनमा आउँदा शिलालेख, भोजपत्र, ताम्रपत्र आदि हुँदै कम्प्युटर, इन्टरनेट, मोबाइलको स्क्रिनमा पुगेको छ। कागजको छापाबाट स्क्रिनमा पुगेको समयमा हामीले पनि डिजिटल पत्रिका कोलाजअनलाइन शुरू गरेका छौँ।

यो अनलाइन पत्रिका मात्र होइन, भारतीय नेपाली पहिचान, बौद्धिकता र सिर्जनशीलताको साझा मञ्च पनि हो। हाम्रो उद्देश्य नयाँ पुस्तालाई आफ्नो भाषा र साहित्यको इतिहाससित डिजिटलको माध्यमबाट जोड़्नु पनि हो।

डिजिटलमा पनि वर्तमान जमाना मोबाइलको छ। नामानुसार ‘मोबाइल’ —जता पनि बोक्न सजिलो, अति सहज। जता भए पनि जे चाहियो त्यो लेख्न, पढ्न र हेर्न पनि सकिने। हाम्रो कोलाजअनलाइन पनि युगानुकूल मोबाइल मैत्रीपूर्ण छ, त्यसैकारण जहाँ हुनुहुन्छ त्यहीँ  तपाईँले कोलाजअनलाइन मोबाइलमै पढ़नु मात्र होइन  तर पढ़ेर आफ्नो बहुमूल्य विचार पनि मोबाइलकै मार्फत व्यक्त गर्नुहोला भन्ने सबैलाई हाम्रो हार्दिक आग्रह छ।



13 जुलाई 2026,वर्ष:1,ई-अङ्क:1


कोलाजअनलाइन
देशको पहिलो नेपालीभाषाको 
मासिक साहित्यिक वेबजीन


आन्तरिक लिङ्क

हाम्रो टिम
सम्पादक: योगवीर शाक्य
सह-सम्पादक: डा° इन्द्रबहादुर छेत्री
व्यवस्थापक: मिङ लिवाङ

हाम्रो ठेगान
१० माइल, कालेबुङ,भारत 

रचना पठाउने ई-मेल
collageonline.in@gmail.com
सर्वाधिकार : कोलाजअनलाइन समूह 

4 comments:

  1. राजा पुनियानी18 July 2026 at 16:12

    कोलाज अनलाइन भारतभरिको नेपाली साहित्यको सामूहिक मञ्च बन्न सकोस् - शुभकामना

    ReplyDelete
  2. Congratulations to the Editor and team, Collage Online. I wish the publication all success.

    ReplyDelete
  3. Dr Jamadagni Upadhyaya, Assam31 July 2026 at 09:37

    समय उपयोगी पहल हो यो। निरन्तरताको कामना रह्यो।

    ReplyDelete
  4. देशको पहिलो नेपाली भाषाको साहित्यिक वेबजीन भनेर शुरु गरिएको कोलाज अनलाइन पढ़्ने अवसर पाएँ। पठन संस्कृतिदेखि विमुख हुँदै गइरहेका आम पाठकलाई कोलाज अनलाइनले अवश्यै प्रभाव पार्नेछ भन्ने आशा गरेँ। साहित्यको श्रीवृद्धिमा यसले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै जाओस् – शुभकामना।

    ReplyDelete