15 Oct 2026

सम्पादकको डेस्कबाट


योगवीर शाक्य
सम्पादक

नीलो सफा आकाश। घमाइलो दिनको न्यानो ताप। मन्द मन्द शीतल समीर। खेतमा धानको मग-मग बास्ना। प्रकृतिका बदलिंदो अनुहारसित हाम्रो अनुहारमा पनि हल्का हाँसो। सद्भावना र सौहार्दपूर्ण भेटघाट।  ठूला बड़ाका आशिर्वाद। यी भिन्न भिन्न अभिव्यक्तिबाट दशैँको  आभास हुन्छ।

पुस्तक



(निबन्ध लेखनबाट साहित्यमा प्रवेश गर्नुभएको डा. इन्द्रबहादुर छेत्री कथाकार, निबन्धकार, समालोचक र सम्पादकको रुपमा परिचित हुनुहुन्छ। उहाँका आठवटा पुस्तकाकार कृति प्रकाशित भइसकेका छन्। उहाँ कोलाजअनलाइन वेबजीनका सह-सम्पादक पनि हुनुहुन्छ)
डा° इन्द्रबहादुर छेत्री
पुस्तक निरूपण : सर्जकका सन्तान (सन् 2026)

कालूसिंह रणपहेंलीको भर्खरै प्रकाशित, ‘सर्जकका सन्तान’, पुस्तकको प्रतीकात्मक अर्थ बुझ्नुपर्ने हुन्छ। भारतीय नेपाली समकालीन आख्यान साहित्यका सशक्त सृजनशील आख्यानकार हुन् -कालूसिंह रणपहेंली (डा. कृष्णराज घतानी, पूर्व प्राध्यापक उत्तर बङ्ग विश्वविद्यालय)। उनको ‘कथाकुटीर’ (सन् 2004), ‘यथार्थबोध’ (सन् 2005), ‘प्रश्नचिन्ह’ (सन् 2011), ‘च्यातिएका पृष्ठहरू’ (सन् 2017) र ‘सर्जकका सन्तान’ (सन् 2026) कथा सङ्ग्रहहरू प्रकाशित भएका छन्। 

'सर्जकका सन्तान:शीर्षकको सार्थकता'- शीर्षक अत्यन्त अर्थपूर्ण छ। सामान्यतः सन्तान भन्नाले मानिसका छोराछोरी बुझिन्छन्। तर यस कथामा कृषकले आफ्नो श्रमद्वारा उत्पादन गरेका अन्न, फलफूल र सब्जीलाई आफ्ना सन्तान सरह मानेका छन्। यस विषयले कृषकको सृजनशीलता, श्रम र आत्मसम्मानलाई उजागर गर्दछ। 

‘सर्जकका सन्तान’ कथा सङ्ग्रह (सन् 2026)-मा जम्मा तीसवटा लघु कथाहरू समावेश गरिएका छन्। ती प्रत्येक शीर्षकलाई कथाकारले आकर्षक ढङ्गले सजाएका छन्, जसमा प्रत्येक शीर्षक नै पढ़िहालौंन लाग्ने छ पाठकलाई। यी रमाइला कथाहरू सिलोके वीरमान  माइला, खुट्टाको अचार, सर्जकका सन्तान, टमी, बाजे-नाति नामथिङतिर, दानियलको दाँत, रहरमानको रहर आदि जस्ता विभिन्न शीर्षकका कथाहरू समावेश छन्। 

यस सङ्ग्रहका कतिपय कथाहरूका कथा-वस्तुलाई टिपेर प्रस्तुत गर्ने प्रयास भएको छ। सिलोके वीरमान माइला: यस सङ्ग्रहको पहिलो कथा, सिलोके वीरमान माइला कथा-मा हर्कमानको विवाहको तयारी र जन्ती डाकबङ्गला बस्तीमा लैजाने कथा छ। जनकलाल बूढ़ाले छोराको विवाहलाई आफ्नो पारिवारिक दायित्त्व पूरा गर्ने अवसरका रूपमा लिएको देखिन्छ। विवाहको तयारीमा घर-परिवार, गाउँ-समाज र परम्परागत संस्कारको सामूहिक सहभागिता देखिन्छ। विशेष रूपमा विवाहमा शिलोकेको आवश्यकता पर्ने हुनाले धर्मशास्त्र र शिलोक हाल्न सिपालु वीरमान माइलालाई जन्तीमा लैजाने निर्णय हुन्छ। यसरी विवाहको सामाजिक वातावरणसँगै वीरमान माइलाको प्रतिभा पनि कथामा देखाइएको छ। कथाकारले विवाहमा शिलोक हाल्ने परम्परालाई सिलोके वीरमान माइलालाई प्रतिनिधि बनाएर कायम गर्नुपर्ने विषयको सन्देश पनि दिन चाहेका छन्। 

खुट्टाको अचार कथामा भगीमानले घरको आवश्यक्ता पूरा गर्न सुँगुर घोचेको प्रसङ्गबाट कथा अघाड़ि बढ़दछ। इन्द्रमानले सुँगुरको खुट्टाको अचार बनाएर साथीभाइसित ब्राण्डी खाँदै गरेको प्रसङ्गमा गाउँको सामाजिक सम्बन्ध, राजनैतिक विभाजन, र पार्टीगत विचारबारे कुराकानी अघाड़ि बढ़छ। सामान्य खान-पानको सिलसिलाबाट शुरू भएको सम्वाद विस्तारै राजनैतिक आस्था, पार्टीगत विभाजन, चुनावमा रूपियाँको खेला भोट हाल्ने बेलामा इभीएमको नोटा बटनमा भोट खस्नेसम्म चर्चा हुन्छ। 

सर्जकका सन्तान कथामा दम्पती हरिमाया र राजकुमारको जीवन, खेतीपातीमा आएको समस्या र सन्तान नभएको अवस्थाबाट उत्पन्न मनोदशालाई चित्रण गरिएको छ। यसपालि इस्कुसको उत्पादन घटेकाले उनीहरू आर्थिक समस्यामा परेका छन्। यसैले राजकुमार शहरमा रोजगारी खोज्न जाने विचार गर्छन्। यसै क्रममा सोम काकाले उनीहरूलाई कृषक हुनुमा हीनताबोध नगर्नु भनेर सम्झाउँछन्। कृषकले अन्न, फलफूल र सब्जी उत्पादन गरेर देशवासीको जीवन धान्ने भएकाले कृषक पनि सर्जक हुन्। उनीहरूले उत्पादन गरेका वस्तु नै उनीहरूका सन्तानसरह हुन् भन्ने विचार व्यक्त गर्दछन्। 

'दानियलको दाँत'  कथामा दानियलको दाँत दुखेपछि दन्त चिकित्सककहाँ पुगेर दाँत उखेल्नु परेको घटनालाई आधार बनाइएको छ। दाँत उखेलेपछि आराम गरिरहेको अवस्थामा डानियल दाँतकै उपयोगिता, सौन्दर्य, उच्चारण, स्वास्थ्य र दाँतसित जोड़िएका विभिन्न पक्षबारे कल्पना र चिन्तन गर्न थाल्छ। यसरी सामान्य दाँत दुखाइको घटनाबाट कथा शुरू भएर व्यङ्ग्यात्मक र विचारप्रधान रूपमा अघाड़ि बढ़ेको छ। 

'टमी' कथामा टमी कथाकारको घरमा पालेका कुकुरको कारण परिवारले भोग्नु परेको समस्यालाई प्रस्तुत गरिएको छ। टमीको शरीरमा किर्ना परेर घरभरि फैलिँदा परिवारका सदस्यहरू हैरान हुन्छन्। त्यहीबेला टमीले छिमेकीको खसीको टाउको चोरेको, रमेशको भात खाएको र तिलकको मासु खोसेको घटना सम्झना आउँछ। यी घटनाबाट दिक्क भएका कथाकारले आखिरमा टमीलाई बोरामा हालेर सुकनाको जङ्गलमा छोड़ेर आउँछन्।

कथामा सामाजिक र सांस्कृतिक झलक: 
यस कथामा नेपाली समाजको विवाह संस्कार, नौमती बाजा, शिलोक हाल्ने शिलोके, पण्डित, जन्ती लोकन्ते, कल्सेउली, घोड़ा तथा साजको सहभागिता प्रस्तुत गरेर परम्परागत विवाह संस्कारको झलकलाई प्रस्तुत गर्न कथाकार सफल भएका छन् भन्न सकिन्छ। कथामा यी चित्रणले तत्कालीन सामाजिक नेपाली जीवनको झल्को गराउँदछ। यस्तै ‘सर्जकका सन्तान’ कथाले कृषकको आर्थिक समस्या, ग्रामीण जीवनको कठिनाइ, सन्तानहीनताको सामाजिक पीड़ा, र समाजमा कृषिप्रति गरिने अवमूल्यनलाई कथाकारले राम्ररी प्रस्तुत गरेका छन्। 
 
‘सर्जकका सन्तान’ कथाको वैचारिक पक्ष के रहेको छ भने, कथाको मूल विचार कृषकको श्रम र सृजनाको सम्मान गर्नु हो। त्यसैले कृषकलाई सामान्य श्रमिकका रूपमामात्र नभई सर्जकका रूपमा हेर्नु पर्दछ भन्ने कथाको मूल विचार छ। 
 
प्रस्तुत कृतिका कथाहरूका भाषा सरल, पात्र-पात्रा अनुरूपको र स्थानीय परिवेश अनुकूल रहेको छ। पात्र-पात्राको व्यवहार र सम्वादसितै कथा स्वाभाविक रूपले अघाड़ि बढ़ेको छ। विवाहको तयारी र जन्तीको दृश्यचित्रणले कथामा रोचकता र स्वाभाविकता ल्याएको छ। ग्रामीण परिवेश, खेतीपातीका प्रसङ्ग र पात्र-पात्राहरूका स्वाभाविक कुराकानीले कथालाई जीवन्त बनाएको छ भन्न सकिन्छ।  
    
यस कृतिका कथा सम्वादको माध्यमद्वारा स्वभाविक ढङ्गमा अघाड़ि बड़दछ र कतिबेला कथा टुङगिन्छ, पाठकलाई कथाको मज्जा लिँदालिँदै कथा टुङ्गिएको पनि थाहा हुँदैन। 

उपसंहार: यस कथा सङ्ग्रहमा समावेश भएका कथाहरूले कतै नेपाली ग्रामीण समाजको विवाह संस्कारको चित्रण, लोक संस्कृति, मौखिक लोक कलाको महत्त्वलाई प्रस्तुत गरेको छ। प्रस्तुत सङ्ग्रहका अन्य कथाहरूमा: दानियलको दाँत: सामान्य दाँत दुखाइको घटनालाई आधार बनेर दाँतको महत्त्वको विभिन्न पक्षलाई हास्य-व्यङ्ग्य र कल्पनात्मक शैलीमा प्रस्तुत गरिएको विचारप्रधान कथा मान्न सकिन्छ।

कमानको खाजा-मा गरिब र श्रमिक जीवनको यथार्थ चित्रण साधारण घटना र सम्वादद्वारा भएको छ। प्रस्तुत कथाको शिल्प-शैली हास्य-व्यङ्ग्यात्मक र मार्मिकताले भरिएको छ। यस कथाले ग्रामीण जीवन, कमान क्षेत्र र श्रमिकहरूको जीवन शैलीको साह्रै सुन्दर चित्रण गरेको छ। चौरस्ताका बूढ़ा पातहरू कथाको मूल विषय मानवता, करूणा, पुनर्जीवन, वृद्ध पुस्ताको अनुभव र बिग्रिएको मानिसलाई सुधार गर्न एकपल्ट मौका दिनुपर्ने विषयको सन्देश पाइन्छ। धातु टल्काउनेहरू मुख्य विषय ठगी, अन्धविश्वास, अपरिचित मानिसमाथि गरिने अन्धविश्वास र मानवीय विश्वासको दुरूपयोगको कथा हो। कथाको विशेषता नै हास्य-व्यङ्ग्य रहेको छ। हुरी-झरीको युगलबन्दीबीच जीवनको बेताल नृत्य, कथा शीर्षक धेरै लामो भए तापनि, कथाको मूल विषय गरिबी, श्रमिक जीवनको सङ्घर्ष, पारिवारिक दायित्त्व, आर्थिक अभाव र आशा निराशा बीचको मानवीय जीवनको कथा रहेको छ। 

प्रस्तुत कृतिको पुच्छरको कथा फेरि राजा सुलेमनको कथा परम्परागत सुलेमन कथाको पुनर्सृजन गर्दै समकालीन समाजमा छोरीमाथि हुने हिंसा, भ्रूणहत्या, लिङ्ग भेद र नारीसुरक्षामाथि प्रश्न उठाइएको चेतनामूलक कथा रहेको छ। वस्तुतः कथा सङ्ग्रहका सम्पूर्ण कथा पठनीय छन्। 

पुस्तकको विवरण:
पुस्तक:सर्जकका सन्तान (कथा सङ्ग्रह)
कथाकार:कालूसिंह रणपहेंली
पहिलो संस्करण:अगस्त, 2026 
मूल्य:रूपियाँ 300
पृष्ठ संख्या:182


15 अक्टुबर 2026, वर्ष:1, वेबाङ्क:4
@2026 collageonline.in. All right reserved



दशैँ र तिहारको हार्दिक शुभकामना


कथा


(दार्जिलिङ निवासी डा० नीना राई एक समर्पित साहित्यकार मात्र हुनुहुन्न तर देश र विदेशका कुनाकाप्चा घुम्न रूचाउने ग्लोबट्रोटर पनि हुनुहुन्छ। चारवटा कृतिका सर्जक अनि झण्डै आधा दर्जनभन्दा बेसी पुरस्कार र सम्मानले सम्मानित डा०राईले कलिलो उमेरबाट नै कलम चलाउन थाल्नुभएको हो। उहाँ दार्जिलिङको 'नेपाली साहित्य सम्मेलन' लगायत भारतीय नेपाली नारी साहित्यिक मञ्च 'वसुधा'-का सदस्या हुनुहुन्छ।)
 
डा° नीना राई

जेहाद अनि पपीफूल


बिहानै पोखरा फेवातालको सुन्दरता थ्री सिस्टर होटलको बरण्डाबाट अविराम आत्मसात् गरिरहेकी छु। मेरो हातमा तातो कफी छ। ट्रेकिङमा जाने मित्र मण्डलीको टोलीमा सामेल हुन मलाई र अनिता बहिनीलाई आग्रह छ।

कथा


(दार्जीलिङको नेपाली साहित्य सम्मेलनका मूल सचिव महेन्द्र प्रधान दार्जीलिङकै ख्यातिप्राप्त सन्त जोसेफ स्कूलका भूतपूर्व शिक्षक हुनुहुन्छ। उहाँले आध्यात्मिक कृति श्रीमद्भागवदगीतालाई नेपालीमा भाषानुवाद गर्नुभएको छ। उहाँ एउटा कथा सङ्ग्रह र दुईवटा बाल कविता सङ्ग्रहका सर्जक हुनुहुन्छ।)

महेन्द्र प्रधान

 रहस्य उद्घाटन 


"आ.......मा.........मा.....मा....... रुपेशजी आज कसको अनुहार देखेछु। सपनामा पनि नसोचेको, भनौँ बिर्सिसकेको तपाईंसित आज भेट भयो यहाँ काठमाडौँमा। हेर्नुहोस् त रुपेशजी ममा केही बदलाव आएको छ? दार्जीलिङ छोडे़कोदेखि एकैपल्ट पनि फर्केर जाने मौका मिलेन मलाई। तरै पनि दार्जीलिङका कतिपय व्यक्तिहरुसित मेरो सम्पर्क छ विशेष शिक्षा विषय लिएर। हा.... हा..... हा......." भन्दै बलरामले जोड़ले मसित गला लगायो। मेरो छिमेकी मात्र होइन एक प्रकारले आत्मीयताकै सम्बन्ध थियो उसित मेरो। यद्यपि उसले मलाई यसरी गला लगाएको अहिलेसम्म स्मरण छैन। हुनसक्छ वर्षौंपछि भेटेर होला मिलनको खुशीले आत्म विभोर भएर मलाई त्यसरी गला लगाएको हो।

कविता



(साहित्य अकादमी (नयाँ दिल्ली) पुरस्कारले पुरस्कृत डा०वीणा हाङ्गखिम नेपाली साहित्यका एक वरिष्ठ र सम्मानित साहित्यकार हुनुहुन्छ। उहाँ साहित्य अकादमीलगायत नौवटा गरिमामय पुरस्कारहरूले अलङ्कृत हुनुभएको छ। उहाँका 10-वटा कृति प्रकाशित भइसकेको छ। उहाँका नेपाली कविताहरूको अङ्ग्रेजीमा अनुदित एउटा सङ्गालो पनि प्रकाशित भएको छ।)
डा० वीणा हाङ्गखिम

एउटा प्रश्न

कविता

(वरिष्ठ कवि डा. राजेन्द्र भण्डारीलाई कुनै परिचयको आवश्यकता छैन। उहाँको पहिलो कविता सङ्ग्रह 'हिउँदे यी चिसा रातका पर्दाहरू' 1979-मा प्रकाशित भएको थियो, तत्पश्चात उहाँका अझ चारवटा कविता सङ्ग्रह र एउटा समालोचना कृति प्रकाशित भइसकेका छन्। उहाँका कविताहरू रोटर्डमको www.poetryinternationalweb.org-मा र जर्मनीको www.lyrikline.org-मा पनि प्रकाशित भएका छन्‌। उहाँका कविताहरूको अङ्ग्रेजी अनुवाद '101 पोइट्रिज् अफ् राजेन्द्र भण्डारी' सङ्ग्रह पनि प्रकाशित हुनुको साथै देशका विभिन्न भाषामा पनि अनुदित भएका छन्। उहाँ  देश-विदेशका झण्डै एक दर्जन पुरस्कारहरूले पुरस्कृत हुनुभएको छ।)
डा० राजेन्द्र भण्डारी

तिमीलाई छुट छैन


राम्रो दाम पाए

तिमी बेच्न तयार छौ

बराजुको चिहान, छातीनेरको रानीमासु,आँगन।

कविता



(हाल युनाइटेड किङ्गडममा बसोबास गर्नुहुने असीम चालिसे काठमाण्डौका रैथाने हुनुहुन्छ। उहाँले आफ्नो स्कूले शिक्षा कालेबुङको सन्त अगस्टिन विद्यालयबाट गरेर एयरक्राफ्ट इञ्जिनियरिङमा ग्रेजुएट भएता पनि उहाँ कविता रच्नु र गिटार बजाउनुलाई आफ्नो जीवनको सार्थकता मान्नुहुन्छ।)
 
असीम चालिसे

मेरो भावना

अनुवाद

(ओडिया साहित्य जगतमा एक सुपरिचित नाम। उहाँ आफ्नो आञ्चलिकतामा सशक्त स्त्री-कथाकार तथा कवयित्री मात्र नभई एक कुशल ओडिया भाषानुवादक पनि हुनुहुन्छ। नारी मनोविज्ञानको विश्लेषण, सूक्ष्म बोधको अन्वेषण तथा बलिष्ठ कथाको आधारले उहाँका कथाहरूलाई फरक पहिचान दिलाउँछन्। जीवनवादी कथाकार भए तापनि पारमिताका कविताहरूले चेतना र मानसिकतालाई निकै प्रभावित पार्छन्। हिन्दी र ओडिया भाषामा कथा तथा कविता लेखनका लागि उहाँलाई धेरै पुरस्कारहरूबाट सम्मानित गरिसकिएको छ। हालसम्म उहाँका ७ कथा-सङ्ग्रह, ५ कविता-सङ्ग्रह र १४ अनुवाद-सङ्ग्रह प्रकाशित भइसकेका छन्।)
 
पारमिता षड़ङ्गी

ऐना

पर्यावरण


(डा. भुवन पी. खनाल भारतीय नेपाली साहित्यका बहुआयामिक स्रष्टा, शिक्षक, पत्रकार, सम्पादक तथा वातावरणप्रेमी साहित्यकार हुनुहुन्छ। उहाँ कालेबुङस्थित सप्तश्री ज्ञानपीठमा वरिष्ठ शिक्षकका रूपमा कार्यरत हुनुहुन्छ। उहाँले लामो समयदेखि ‘पर्यावरण–चेतना’ पत्रिकाको सम्पादकका रूपमा वातावरणीय सचेतना, साहित्यिक सिर्जना तथा बौद्धिक विमर्शलाई प्रवर्द्धन गर्दै आउनुभएको छ। उहाँका चारवटा कृतिहरू प्रकाशित भएका छन्।उहाँ दर्पण सम्मान,स्रष्टा सम्मान,राष्ट्रिय शिक्षा पुरस्कार,राष्ट्रिय आदर्श शिक्षक सम्मानले सम्मानित हुनुभएको छ।)

डा० भुवन पी.खनाल

बाघधारा कालेबुङको जीवनधारा 


जीवनवृत


जीवनको सम्झना
केही विगत केही वर्तमान

(जीवन बान्तवा: नेपाली भाषाका एक सशक्त कवि हुनुहुन्छ जसले जीवनको झण्डै अर्द्ध-शतक नेपाली साहित्य र साहित्यकारहरूको संसर्गमा बिताउनु भएकोछ। उहाँ थुप्रै साहित्यकारहरूको आरोह-अवरोहका साक्षी पनि हुनुहुन्छ। यस्तै उहाँको सम्झनामा रहेका केही विगत केही वर्तमानका नामुद नेपाली साहित्यकारहरूको जीवनका उपाख्यानहरू लिएर प्रत्येक महिना उहाँ नियमित हामीमाझ आउनु हुनेछ यो स्तभ्ममार्फत)

जीवन बान्तवा

सम्झनामा: एल्डी राई मिक्खोले


मिक्खोलेलाई सम्झँदा  केही प्रसङ्गहरू लेख्नैपर्ने लाग्छ।

सङ्गीत


(प्रवीण मोक्तान सन्त अगस्टिन विद्यालय कालेबुङमा भौतिकशास्त्र पढ़ाउनुहुन्छ। उहाँले शिक्षणको साथसाथै किताब पढ़न, अनुवाद गर्न, सङ्गीत सुन्न रूचि राख्नुहुन्छ। उहाँ चर्चित अङ्ग्रेजी किताब 'Kpg calling' का लेखक हुनुहुन्छ।)
 
प्रवीण मोक्तान

मेरा सर्वकालीन पाँच प्रिय नेपाली गीत

पाँच कालजयी गीतमाथिका केही निजी अनुभूति

                               

'दुईटा फूल देउरालीमा.....'

संस्कृति


(अरूण कुमार रसाइली नेपाली पत्रकारिता,संस्कृति, रङ्गमञ्चसित निकै लामो समयदेखि जड़ित हुनुहुन्छ। गोर्खा संस्कृतिबारे उहाँको राम्रो जानकारी छ। उहाँ गोर्खा संस्कृति संरक्षण समितिसङ्ग पनि आबद्ध हुनुहुन्छ।)

नाटक


(नेपाली रङ्गमञ्च र सिनेमा जगतमा मदन भुजेललाई परिचयको कुनै खाँचो छैन। चालिस वर्षको आफ्नो लामो नाट्य यात्रामा उहाँले अनैकौँ स्मरणीय भुमिका निभाउनु भएको छ।)
मदन भुजेल

हिरालाई ढुङ्गा ठान्ने


(गताङ्कको रहल)

आमा-  हाम्रो छोरी आउँदा तिमी अलपत्र किन पर्नु र भाइ?  जान्छौ भने जाऊ न त। तीन बैनी छोरी छ तिनीहरू पालै-पिलो ज्वाइँ  र नानीहरूसित घर आउँछ र उनीहरू आउँदा घर पनि अलि उज्यालो हुन्छ।

नवाङ्कुर



(रिचाबेल राई कालेबुङको सन्त फिलोमिना कन्या उच्च माध्यमिक विद्यालयकी भूतपूर्व विद्यार्थी र वर्तमान कालेबुङको सरकारी महाविद्यालयको नेपाली साहित्यकी विद्यार्थी हुनुहुन्छ। उहाँ प्रकृति, फूल र मानवीय भावनाबाट प्रेरणा लिएर कविता लेख्न रूचाउनुहुन्छ।)

 
रिचाबेल राई

कवि किन लेख्छ?


के ऊसित उत्तरहरू धेरै भएर हो  

ऊ त आफ्नै आवाज खोजिरहेको हुन्छ। 

उसले कागजलाई मन र कलमलाई धड्कन बनाइदिन्छ।